नेपाली सेनामा ३०१ जनालाई रोजगारीको अवसर

नेपाली सेनामा ३०१ जनालाई रोजगारीको अवसर



काठमाडौ– नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि ३०१ जना कर्मचारी माग गरेको छ। शुक्रबार सूचना जारी गरेर सेनाले प्राडरप्राविधिकरहवाईरविविध सेवातर्फका पदिक तथा विल्लादार पदरहरूका लागि दरखास्त आह्वान गरेको हो।

सेनाले नर्सिङमा मात्रै ३२ जना मागेको छ। त्यस्तै सैनिक इन्जिनियरिङको उत्पादन उपसमूहका लागि ३१ जना, मेडिकल उपसमूहतर्फ २१ जना र ५ जना पण्डितसमेत माग गरेको छ।

सिभिल तथा आर्किटेक्चर इन्जिनियरिङ, कम्प्युटर प्राविधिक, हवाईतर्फ ग्राउन्ड ह्याण्डलिङ, लेखा लगायत विभिन्न उपसमूहमा पदपूर्ति गर्न सेनाले कुल ३०१ जना कर्मचारी मागेको हो।