काठमाडौं – तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडले पौष २४ गते २८ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको २८ औँ साधारण सभा पौष २४ गते काठमाडौंकाे भद्रकालीमा हुने भएको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पौष ९ गते देखि पौष १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ
। आर्थिक वर्ष २०८०/८१ को लागी लेखा परीक्षण नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने कम्पनीको सर्वसाधारण शेयरधनी प्रतिनिधित्व गर्ने सञ्चालन पद १ जना निर्वाचन गर्ने भएकाे छ ।
सभामा छलफल गरिने वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण तथा प्रतिवेदनको नाफा नोक्सान हिसाब सम्बन्धी जानकारी गरिने भएको छ । सञ्चालक समितिले सञ्चालक समिति अन्तर्गत गठित अन्तर्गत सदस्यको बैठक भत्ता अनुमोदन गर्ने पनि कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया