काठमाडौं– वान क्लव नेपालको आयोजनामा पुष ६ गते युवा उद्यमीहरुको लागि सेकेण्ड लाइभ इभेन्ट कार्यक्रम सञ्चालन हुने भएको छ । होटल याक एण्ड यतिमा हुन लागेको सो कार्यक्रममा नेपालका शीर्ष उद्यमीहरु, युवा उद्यमीहरु र कन्टेन्ट क्रियटरहरुको उपस्थिति रहने आयोजकले जनाएका छन् ।
सो कार्यक्रममा ४ जना वक्ताहरु र ४०० भन्दा बढी व्यक्तित्वहरुको उपस्थिती रहने छ । आयोजकले उद्यमीहरुलाई केन्द्रित गरेर आयोजना गरेको यस्ता कार्यक्रमले युवाहरुलाई आफनो व्यवसायलाई अघि बढाउन सहयोग पुग्ने बताएको हो ।
आयोजक संस्था वान क्लव नेपालको संस्थापक सनिस ज्वारचनले कार्यक्रम व्यावहारिक रणनीति र व्यक्तिगत विकासमा केन्द्रित रहेको बताए । उनले भने, ‘यो कार्यक्रममा शाीर्ष उद्यमीहरुको वास्तविक अनुभवहरु र सफलताका कथाहरु समेट्ने भएकाले आगामी दिनमा उद्यम गर्ने सोच बनाएका नयाँ युवाहरुको लागि प्रेरणा हुन सक्छ ।’
सेकेण्ड लाइभ इभेन्टमा विभिन्न सत्रहरु राखिएको आयोजक संस्थाले जनाएको छ । वक्ताहरुसगँ सहभागिहरुले प्रश्नहरु सोध्न सकिने छ भने विभिन्न अनुभवहरु पनि साट्न सकिने आयोजकले बताएको छ ।
यस्तो छ सेकेण्ड लाइभ इभेन्टको उद्देश्य
आयोजककाअनुसार आकांक्षी उद्यमीहरु, व्यवसायी, सिर्जनाकर्ताहरु महत्वाकांक्षी व्यक्तिहरु, व्यक्तिगत र व्यावसायिक रुपमा बढ्न खोज्ने जो कोहीको लागि यो कार्यकम मार्गदर्शन र हौसला हुने उदेश्य आयोजना गरिएको हो । सहभागिहरुले व्यवसाय सुरु गर्न, नेटवर्कहरु बढाउन, व्यक्तिगत ब्रान्डिङ्गमा निपुणता हासिल गर्न र व्यक्तिगत आत्मनिर्भर कसरी हुने भन्ने कुराको सहभागिहरुले अनुभव पाउन सक्नेछन् । विद्यार्थीहरुले आगामि दिनमा आफ्नो व्यवसाय सुरुवात गर्नको लागि सहायता पाउने आयोजक संस्थाको बुझाई छ ।
‘सेकेण्ड लाइभ इभेन्टमा व्यवसायीक रणनीतिहरु, प्रमाणित फ्रेमवर्कहरु, नयाँ कार्ययोग्य रणनीतिहरु, नयाँ विचारहरु, प्रेरणा, हौंसला, नयाँ व्यवसाय गर्नको लागि उर्जा पाउन सकिन्छ ।’ ज्वारचनले भने, ‘यस इभेन्टले रियल स्ट्रेटको जानकारी, ब्रान्डिङ्ग, नेतृत्व गर्न सक्ने क्षमता, व्यवसाय सुरुवात गर्नको लागि प्रेरित हुने तरिका उद्यमीहरुलाई दिनेछ ।’
सहभागी कसरी हुने ?
वान क्लव नेपालको आयोजनामा हुन् लागेको ‘सेकेण्ड लाइभ इभेन्ट’ याक एण्ड यतिमा पुष ६ गते दिउँसो १२ बजेबाट ७ बजेसम्म हुने छ । सहभागि हुनका लागि विभिन्न तहमा टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजककाअनुसार विद्यार्थीहरुको लागि ३ हजार, गोल्ट टिकट ४ हजार, डायमण्ड टिकट ८ हजार, प्लेटिनम टिकट १२ हजार तिरेर सहभागि हुन सकिन्छ । टिकटको लागि वान क्लव नेपालको पेजमा गएर रजिस्टर गर्न सकिने संस्थाले जनाएको छ । पेमेन्ट ई सेवा, खल्ती र ग्लोबल आईएमई बैंकको माधयमबाट गर्न सकिने उल्लेख छ ।
प्रतिक्रिया