रावा इनर्जी डेभलपमेन्टको वार्षिक साधारण सभा आगामी पुष १६  गते  

रावा इनर्जी डेभलपमेन्टको वार्षिक साधारण सभा आगामी पुष १६  गते  


काठमाडौं –   रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुष १६ गते हुने भएको छ। कम्पनी सञ्चालन समितिको मंसिर २४ गतेको बैठकको निर्णयअनुसार आर्थिक बर्ष २०८०/८१ को पाँचौ वार्षिक साधारण सभा पुष १६ गते बस्ने भएको हो । 

साधारणसभाको प्रयोजनार्थ कम्पनीले पुष २ गते बुक क्लोज गर्ने भएको छ। साथै, कम्पनीले  कम्पनीले मंसिर २५ गते राष्ट्रिय स्तरको प्रक्षेपण राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सम्पूर्ण शेयरधनीलाई जानकारी दिएको जनाएको छ । 

सो सूचनामा  प्रकाशित मंसिर २५ हुनुपर्नेमा भुलवश २४ गते भएकाले सच्याइएको पनि कम्पनीले जानकारी दिएको छ ।