मञ्जुश्री फाइनान्सले गर्याे ६ प्रतिशत लाभांश घोषणा 

मञ्जुश्री फाइनान्सले गर्याे ६ प्रतिशत लाभांश घोषणा 


काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सञ्चालन समितिको २६८ औं बैंठकको  निर्णयअनुसार  ६ दशमलव ३५ प्रतिशत लाभांश दिने भएको हो।

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८ सय ४८ दशमलव ८० रुपैयाँ को ६ दशमलव ३५ प्रतिशतले हुन आउने ८ करोड ५९ लाख २३ हजार ६ सय ५ दशमलव ९० रुपैयाँ लाभांश दिने भएको छ । 

कम्पनीले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने भएको हो ।