एनआईसी एसियाको डिजिटल क्षेत्रमा छलाङ्ग,सर्बश्रेष्ठ बचत खाता अन्तर्गत घरमै बसेर पनि डिजिटल सेवा लिन सकिने

एनआईसी एसियाको डिजिटल क्षेत्रमा छलाङ्ग,सर्बश्रेष्ठ बचत खाता अन्तर्गत घरमै बसेर पनि डिजिटल सेवा लिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एसिया पछिल्लो समय हरेक ग्राहकको रोजाईको बैंक हो । धेरै भन्दा धेरै ग्राहक बनाउँन सफल यो बैंकको प्रमुख बिशेषता भनेको नै आफ्नो ग्राहकलाई सेवा–सुविधामा ल्याएको परिवर्तनले नै ग्राहकलाई यस बैंकसम्म ल्याई पुर्याएको  हो । यसै अन्तर्गत यस बैंकले सेवा ग्राहीहरुलाई एनआईसी एसिया सर्बश्रेष्ठ बचत योजना ल्याएको हो । 

देशको हरेक दुरदराजमा रहेका लाखौं ग्राहकहरुलाई सहज गतिशिल विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अव्यास गर्दै आईरहेको छ । जसमा बैंकले वि.स २०७८ कार्तिक १ गते बाट विभिन्न बचत योजनाहरु ल्याएको थियोे । जस अन्तर्गत आकर्षक योजना अन्तर्गत सर्बश्रेष्ठ बचत योजनाले धेरै ग्राहकलाई यस बैंकको ठोका सम्म ल्याउँन सफल भएको हो । 

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति अनुरुप बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको छ ।

थै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथ–साथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ । 
जसमध्ये आज हामी निकै चर्चित र यस बैंकका ग्राहकहरुले रुचाएका र अतिआवश्यकिय डिजिटल बैंकिङ्गको केही बिशेषताहरु यस्ता छन् । 

१.मोवाइल बैंकिङ्ग

\"\"

मोवाइल बैंकिङ्गले पछिल्लो समय ग्राहकलाई सहज र सरल बनाएको सर्बबिधीतै रहेको छ । त्यसमा पनि एनआईसी एसिया बैंकको मोवाइल बैंकिङ्ग मार्फत कारोबार गर्नेको ग्राफ हेर्ने हो भने छिटो समयमा निकै प्रगति गरेको  पाईन्छ । यस बैंकको मोवाइल बैंकिङ्ग एप हाल सम्म १७ लाख भन्दा बढी ग्राहकहरुले डाउनलोड गरेको पाईन्छ जुन अन्य बाणिज्य बंैकको तुलनामा निकै धेरै हो । अन्य बाणिज्य बैंकको तुलनामा यस बैंकको डिजिटल माध्यमबाट कारोबार गर्नेको संख्या निकै रहेको हो । जसबाट हामीले बिजुली,पानी,इन्टरनेट, टिभी, स्कुल÷कलेज केबुलकार,हवाई,सरकारी राजस्व,बीमा लगायतको जरुरी र आवश्यक कामको लागि सम्बन्धित निकायमा नै नगई मोवाइल बैंकिङ्ग मार्फत घरबाट नै तिर्ने सम्भव बनाएको छ । 

२. ‘अप्लाइन नाओ’ भित्र ११ सेवा 

एनआइसी एशिया बैंकको वेबसाइटमा गएपछि बैंकको वेबसाइट खुल्छ । गृह पृष्ठमा विभिन्न जानकारी, सूचना र सेवाहरू राखिएका छन् । वेबसाइटको सबैभन्दा माथि दायाँ भागमा ‘आइसर्भ’ र ‘अप्लाइ नाओ’ भन्ने अप्सन छ ।
‘अप्लाइ नाओ’ अप्सनभित्र ११ वटा अप्सन सबैभन्दा माथि छ, ओपन अनलाइन अकाउन्ट । यसमा गएर फर्म भरेपछि घरमै बसि–बसि बैंकको कुनै पनि खाता खोल्न सकिन्छ । पाँच मिनेटमा बैंकको विभिन्न  किसिमका १४ प्रकारका खाता खोल्न सकिन्छ ।

त्यस्तै, यही रहेको सेभिङ अकाउन्ट भन्ने अप्सनबाट भित्र गएर पनि यी खाताको बारेमा डिटेल जानकारी लिने र त्यहीबाट खाता खोल्न सकिन्छ । त्यसपछि छ, अनलाइन फिक्स्ड डिपोजिट । यदि तपाईंले आफ्नो बैंकको रकमलाई फिक्स्ड डिपोजिटमा राख्न चाहनुहुन्छ भने यसबाट गर्न सक्नुहुन्छ।
अर्काे अप्सन छ, अनलाइन क्रेडिट कार्ड । अनलाइनबाटै क्रेडिट कार्ड अप्लाइ गन सकिन्छ । त्यसपछि आफूले रोजेको नजिकको शाखाबाट उक्त कार्ड लिन सकिन्छ । सेयरको कारोबार गर्न चाहनेहरूका लागि अनलाइनबाट डिम्याट खाता खोल्न सक्नुहुन्छ । यसको साथै, मेरो सेयर खाता खोल्न सक्नुहुन्छ र अनलाइनबाटै सीआरएन नम्बर रिक्वेष्ट गर्न सक्नुहुन्छ । यहाँ अप्लाइ सेयर भन्ने अप्सन छ । यसबाट सेयर भर्नको लागि फर्म भर्न सक्नुहुन्छ । 
अर्काे महत्वपूर्ण अप्सन छ ‘इस्टावाइ’। यहाँबाट क्रेडिट कार्डमा लोन लिन सक्नुहुन्छ। कति समयको लागि कति व्याज सबै भरेर ऋण लिन सकिने सुविधा इन्स्टावाई हो। ऋण लिने अर्को पनि अप्सन छ, ‘एप्लाइ लोन’। यदि तपाईंले एनआइसी एशिया बैंकबाट ऋण लिन चाहनुहुन्छ भने यहाँबाट अनुरोध पठाउन सक्नुहुन्छ । 
अर्काे एक अप्सन छ ‘विअ मर्चेन्ट’। यो भनेको कुनै पनि संघ, संस्था, व्यवसायहरूका लागि हो। जसले एनआइसी एशिया बैंकको विभिन्न अनलाइन च्यानल प्रयोग गरेर आफ्ना ग्राहकको लागि सेवा सुविधा दिन चाहन्छ । जस्तो कि क्युआर, पोइन्ट अफ सेल, डिस्काउन्ट टाइअप, कार्ड पेमेन्ट गेटवे, क्विक पे जस्ता सेवाहरू यसमा रहेकाछन् । 
यहाँबाट ऋण लिएको र आफ्नो खातामा रहेको पैसाको हिसाब किताब गर्न सकिने टुल्सहरु पनि रहेको छ । जस्तो कि लोन ‘बेनिफिट क्यालकुलेटर’ भन्ने छ । यहाँबाट आफूले कुनै पनि बैंकमा लिएको ऋण, ब्याज, ब्याज बुझाउने समय, इएमआई लगायतका कुराहरू हिसाब गरेर निकाल्न सकिन्छ । साथै, एनआइसी एशिया बैंक र अन्य बैंकसँग तुलना गर्न पनि सकिन्छ । कुनबाट फाइदा छ भनेर पनि तत्कालै हेर्न सकिन्छ । त्यस्तै, ‘सेभिङ अकाउन्ट बेनिफिट क्यालकुलेटर’ भन्ने टुल्स रहेको छ । यहाँबाट सेभिङ अकाउन्टमा राखेको पैसाको रकम कति पाइन्छ भनेर हेर्न सकिन्छ ।

३.घरमै बसि विभिन्न कार्डहरू लिन सकिने । 

एनआइसी एशिया बैंकले आफ्ना ग्राहकलाई धेरै भन्दा धेरै सुविधा होस भनेर अनलाइनबाटै विभिन्न कार्डहरूको लागि अनुरोध गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । जस्तो कि भिसा डेभिट कार्ड, भिसा क्रेडिटकार्ड, इन्टरनेसनल प्रि–पेड कार्ड, एनआइसी एशिया एफसीवाई फ्रिडम कार्ड, इस्टा बाई, इन्टरनेसनल प्रि–पेड डलर कार्डहरूको लागि यहाँबाट अनुरोध गर्न सकिन्छ । 
आवेदन पछि कार्ड लिनको लागि भने नजिकैको आफूले चाहेको शाखाबाट लिन सकिन्छ। बैंकले नेपालमै पहिलो पटक ‘क्विक पे’ सेवा ल्याएको छ। पेमेन्ट लिंक सेयर गरेर पेमेन्ट लिने हो। पेमेन्ट लिंक जेनेरेट गर्ने, ग्राहकसँग सेयर गर्ने र त्यही लिंकको आधारमा पेमेन्ट लिने ।

त्यस्तै, इ–कमर्स एक्टिभेसनमा गएर डेभिट र क्रेडिट कार्डमा अनलाइन सपिङको लागि एक्टिभेसन गर्न सकिन्छ । यसरी कार्ड एक्टिभ गरेपछि बैंक अन्य मर्चेन्टहरूले अनलाइन सपिङमा दिएका सुविधाहरूलाई, छुटको सुविधा प्रयोग गर्न सकिन्छ। यहाँ कार्ड  वेस इन्टरनेट पेमेन्ट गेटवे पनि रहेको छ । यो भनेको मोबाइल एप्लिकेसन र इन्टरनेट पेमेन्टको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ ।