काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन् ।
चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले ‘के अब तपाईंको प्रधानमन्त्रीको कार्यकाल लम्बिएको हो भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओली सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले डेढ वर्षसम्म सभापति देउवाले सरकार चलाउछन् । २०८४ को चुनाव पनि उनले गराउने बताए । उनले आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको बताए ।
प्रधानमन्त्री ओली भने, ‘यही प्रश्नको जवाफ मैले कति पटक दिने ? १८ महिना सरकार चलाउछु। त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु। उहाँले डेढ वर्ष चलाउनुहुन्छ। चुनाव गराउनुहुन्छ। हाम्रो चुनावसम्मको सम्झौता छ। हामी सबैले बहुमत ल्याउने कोसिस गरौँला । बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ। हरेकलाई विश्वास छ, अब के गर्ने ? विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरु तरिकाहरु होलान् ।’
प्रतिक्रिया