नेपाल पनि श्रीलंकाको जस्तो हालत हुदैन भन्ने अवस्था छैन : गभर्नर अधिकारी

नेपाल पनि श्रीलंकाको जस्तो हालत हुदैन भन्ने अवस्था छैन : गभर्नर अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले नेपाल पनि श्रीलंकाको हालतमा नपुग्ला भन्न नसकिने बताएका छन् । उनले काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उक्त कुराको  जिकिर गरेका हुन । 

उनले भने ‘ हामीले अहिले मान्छेहरु बाहिर पठाएर आएको रेमिट्र्यान्सले आयात गरेको चिजहरु खाएका छौ । हाम्रो उत्पादन छैन । अनी हामीले भएको डलर पनि सिध्याउँदै गईरहेका छौ । थप डलर आउने माध्यम छैन । पहिला हामीले आयात गरे बराबरको डलर आउने माध्यम बनाउनु पर्याे । हामीले त्यति गर्न सक्र्याे भने, हामीसँग भएको डलरको संञ्चिति धमिराले खाएको जसरी खाने हो भने भोलीका दिनमा ठुलो समस्या पर्छ । त्यसैले हामी बेलैमा सतर्क हुन आवश्यक छ’ । 

नेपालको डलर संञ्चिति ६ महिनाको लागि मात्र भएको कुरा राष्ट्र बैंकले यस अघि नै जानकारी गराएको थियो, भने केही बिलासिताको सामानमा पनि बैंकले रोक लगाएको छ । 

गभर्नर अधिकारी प्रश्न गदै भन्छन् । ‘ अहिले हाम्रो समस्या के–के हुन् ? ती समस्याहरु कसरी समाधान गर्ने गर्नु पर्छ भनेर सतर्क हुने समय आएको छ । यति भयो भने हाम्रो अर्थतन्त्रको ठाउँमा नै राख्न सकिन्छ । हामी सँग फाईनान्सियल रिसोर्सहरु रहेको छ । जनताले दुःख गरेर कमाएको पैसा फाईनान्सियल सिस्टमलाई नै दिएको छ । अहिले पसिना बगाएर ल्याएको पैसालाई हामीले सही सदुप्रयोग गर्नु पर्याे । होइन भने श्रीलंकाको जस्तो अवस्था नआउला भन्न सकिदैन, उनले भने ।