नेपाली रुपैयाँ झनै कमजोर अवस्थामा, डलरको भाउ हालसम्मकै उच्च

नेपाली रुपैयाँ झनै कमजोर अवस्थामा, डलरको भाउ हालसम्मकै उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।

अमेरिकी डलरको भाउ बढेपछि नेपाली रुपैयाँ झनै कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ ।

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२५.७२ रुपैयाँ (बिक्री दर) तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर नयाँ उचाइमा पुगेको छ ।

विश्व बजारमा डलरको माग अकासिएपछि भाउ पनि बढेको हो । रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ।