काठमाडौं– जीवन बीमामा जोखिमाङ्कनको निकै ठूलो महत्व रहेको हुन्छ । बीमितले बहन गरेको जोखिमको पहिचान र वर्गीकरण गर्ने कामलाई नै जीवन बीमा जोखिमाङ्कन भनिन्छ । जोखिमाङ्कनको माध्यमबाट नै बीमितलाई बीमा शुल्क निर्धारण गरिन्छ । जीवन बीमामा झन् बीमितसँग प्रत्यक्ष अभिकर्ताहरुको नै भेट हुन्छ । जीवन बीमामा अभिकर्ताहरुको महत्व भएसँगै जीवन बीमामा अभिकर्ताले जोखिमाङ्कन गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।
अभिकर्ताले गर्ने जोखिमाङ्कन
बीमा अभिकर्ता प्रत्यक्ष रुपमा बीमितहरुसगँ प्रतिक्रिया भइरहेको हुन्छ । बीमितले बीमा पोलिसि किन्दा भरेको जानकारी फर्मअनुसार बीमा कम्पनीले पोलिसी बिक्री गर्छ । अभिकर्ताहरुले बीमितको सबै कुराको जाँच गरेर मात्र बीमा फारम बीमा कम्पनीलाइ बुझाउनुपर्ने हुन्छ । बीमितको बारेमा जानकारी समेत बीमा अभिकर्ता नै हुने हुनाले कम्पनी र बीमित दुवैको हित हेरेर काम गर्नुपर्छ । एउटा असल बीमा अभिकर्ताले जोखिमाङ्कनको सम्बन्धमा प्रस्तावित बीमितको निम्न जोखिमयुक्त तत्वहरुको बारेमा राम्रोसँग विचार पुर्याउनुपर्छ ।
१. स्वास्थ्य सम्बन्धी जोखिमका तत्वहरु
जीवन बीमामा स्वास्थ्य अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ । स्वास्थ्य सम्बन्धी सबै कुराको सत्य जानकारी प्राप्त गर्नु जीवन बीमाको पहिलो प्राथमिकता हो । जसमा बीमित, बीमा अभिकर्ताहरुको अत्यन्तै अहम भूमिका हुने गर्दछ । प्रस्तावित बीमितको हालको स्वास्थ्य अवस्था र केही समय अगाडिको स्वास्थ्य अवस्थाको विषयमा सबै कुराको जानकारी हुनु आवश्यक हुन्छ ।
क) पेशा : बीमितको पेशा के हो भन्ने कुरा अभिकर्ताले पूर्ण रुपमा जानकारी लिनुपर्ने हुन्छ ।
ख) आम्दानीको अन्य स्रोत : बीमितको आम्दानीको स्रोत के के हो भन्ने विषयमा पनि अभिकर्तासँग जानकारी हुनु आवश्यक रहन्छ ।
ग) मानसिक अवस्था : बीमा गर्नु अघि अभिकर्ताहरुले बीमितको मानसिक अवस्था पनि कस्तो छ भन्ने कुराको सूचना लिनुपर्छ ।
घ) बीमितको पारिवारिक जानकारी : परिवारको स्थिति कस्तो छ भन्ने कुरा पनि अभिकर्ताहरूले थाहा पाउनुपर्छ ।
वित्तीय जोखिमका तत्वहरु
एउटा असल र व्यवसायिक बीमा अभिकर्ताले बीमा गराउने समयमा बीमितबाट प्राप्त हुने फाइदा मात्र नहेरी भविष्यमा उक्त पोलिसीले कुनै पनि प्रभाव पार्छ पार्दैन भन्ने कुराको मूल्यांकन गर्नुपर्छ । बीमा गराउँदा आफ्नो मात्र फाइदा हेरेको अवस्थामा भविष्यमा सरेण्डर हुने हुँदा बीमा कम्पनीलाई समस्या हुनेजस्ता कुराको अगावै ध्यान पुर्याउनुपर्छ । बीमाको परिपक्व लाभले मात्रै बीमित स्वयंलाई सन्तुष्ट बनाउन सक्छ । त्यसैले, अभिकर्ताले बीमा गराउँदा प्रस्तावित बीमितको आम्दानीअनुसारको बीमा गराउनु पर्छ । बीमालेख बीचमा बन्द वा व्यतित हुँदा बीमित, बीमक र स्वयं अभिकर्तालाई समेत घाटा लाग्छ ।
प्रतिक्रिया