बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।
असार ६ गते बसेको बैंकको सञ्चालक समितिको ५९८ औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई ७ देखि लागु हुने गरी का।मु। प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकको कम्पनी सचिव विनय कुमार रेग्मीले जानकारी दिए ।
बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल असार ६ गते समाप्त भएसँगै शाक्यलाई असार ७ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया