२१ कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको खराब सूचीमा

२१ कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको खराब सूचीमा


काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई खराब सूचीमा राखेकाे छ ।

कार्यालयले मंसिर १७ गतेको निर्णयअनुसार २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई खराब सूचीमा राखेकाे हाे । सार्वजनिक खरिद ऐन, २०६३ र त्यससँग सम्बन्धित नियमावली उल्लंघन गर्ने, समयमै काम नगर्ने, सम्झौताको मापदण्ड पालना नगर्ने तथा अन्य गम्भीर त्रुटिहरू गरेको आधारमा यी कम्पनीहरूलाई सम्बन्धित निकायहरूले खराब सूचीमा राख्न सिफारिस गरेका थिए।

खराब सूचीमा परेका यी कम्पनीहरूले आजैदेखि लागू हुनेगरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।