काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले एघारौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशत बोनस शेयर र ०।७५ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न मंसिर २४ गते सोमबार काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्दैछ।
साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि समावेश छन्।
प्रतिक्रिया