काठमाडौं – ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’अन्तर्गत प्रभात फेरी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्रहरी वृत्त बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, काडाँघारी, सामुदायिक सेवा तथा विकास समाज एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर,काठमाडौं महानगरपालिका ३२ वडा कार्यालय, कागेश्वरी मनोहरा नगरपालिका ७ , ८ र ९ का वडा कार्यालय तथा वडाभित्र रहेका विभिन्न संघ सस्था तथा गान्धी आदर्श माध्यमिक विद्यालयको संयुक्त आयोजनामा प्रभात फेरी तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रवीन्द्र थापा अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता रहेकाे थियो ।
साथै, कागेरश्वरी मनोहरा नगरपालिकाका उप मेयर शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारी विशिष्ट आतिथ्यता रहेकाे कार्यक्रममा लैङ्गिक हिंसा उन्मूलन सम्बन्धी सचेतना दिइएको थियो । कार्यक्रममा गान्धी आदर्श माविका विद्यार्थीहरूबाट नृत्य, नेपाल प्रहरी सङ्गीत विद्यालयबाट नृत्य तथा लैङ्गिक हिंसा उन्मूलन सम्बन्धी सचेतना नाटक समेत प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका सामुदायिक शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलिया, प्रहरी वृत्त बानेश्वरका प्रहरी नायव उपरीक्षक विरेन्द्र गोद्दार, प्यावसनका महासचिव आर वि कट्वाल,कागेश्वरी मनोहरा नगर पालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सबिना श्रेष्ठ , प्रहरी प्रभाग कोटेश्वर र काडाँघारीका प्रहरी निरीक्षक, काठमाडाैं महानगरपालिका ३२ र कागेश्वरी मनोहरा ७, ८ र ९ का वडा अध्यक्ष, गान्धी आदर्श माविका सञ्चालक समितिका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी, शिक्षक, शिक्षिका, विद्यार्थीहरू, पत्रकार, स्थानीय लगायतको सहभागितामा प्रभात फेरी तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया