काठमाडौं – त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक योगेन्द्र बहादुर गुरुङले मुलुकको समावेशी र दिगो सामाजिक विकासका लागि जनसङ्ख्यालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको सम्बोधन गर्दै आयोजक समितिका प्रमुख प्रा.डा गुरुङले मुलुकको दिगो विकासका जनसङ्ख्यालाई केन्द्रमा राख्नुपर्ने औँल्याएका हुन् ।
गुरुङले सम्मेलनमा विभिन्न देशहरूबाट आएका सहभागीहरूलाई स्वागत गर्दै, सम्मेलनले जनसांख्यिक क्षेत्रमा देखिएको समस्याको सम्बाेधन गर्ने बताए ।
१५ गतेसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न देशका ६०० जनसंख्याविद्हरूको सहभागिता रहेको छ । (सिडिपिएस) स्थानीय आयोजक रहेको यो सम्मेलनमा १७ वटा विषयका कार्यपत्रहरु प्रस्तुत हुनेछन् । अन्तिम दिन मंसिर १५ गते नेपाल शेसन पनि हुनेछ।
प्रतिक्रिया