बालविवाहले निम्त्याएको जोखिमले भावी पुस्तालाई खतरामा पारेको छ : शेरबहादुर देउवा 

बालविवाहले निम्त्याएको जोखिमले भावी पुस्तालाई खतरामा पारेको छ : शेरबहादुर देउवा 


काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बालविवाह, ग्लोबल वार्मिङजस्ता समस्याले निम्त्याएको जोखिमले भावी पुस्तालाई खतरामा पारेको बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको छैटौँ जनसंख्या सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पछिल्लो समय नेपालमा पोषण र शिक्षामा प्रगति भएतापनि जलवायु परिवर्तन, बालविवाह, ग्लोबल वार्मिङजस्ता समस्याले निम्त्याएको जोखिमले भावी पुस्तालाई खतरामा पारेको बताएका हुन् । 

साथै, उनले विभिन्न क्षेत्रहरूमा स्रोत र जनसंख्याको असमान वितरणले आप्रवासन चुनौतीहरू निम्त्याएको पनि औल्याएँ ।  देउवाले युवाहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सकियो भने सामाजिक र आर्थिक वृद्धिलाई अगाडि बढाउन सकिने बताए । 

१५ गतेसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न देशका ६०० जनसंख्याविद्हरूको सहभागिता रहेको छ। (सिडिपिएस) स्थानीय आयोजक रहेको यो सम्मेलनमा १७ वटा विषयका कार्यपत्रहरु प्रस्तुत हुनेछन् । अन्तिम दिन मंसिर १५ गते नेपाल शेसन पनि हुनेछ ।