दुर्गा प्रसाईँलाई सर्वोच्चबाट वीर अस्पताल फर्काइयो

दुर्गा प्रसाईँलाई सर्वोच्चबाट वीर अस्पताल फर्काइयो


काठमाडौं – अभियन्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ। साइबर कसुरमा पक्राउ परेका प्रसाईँलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

उनका छोरा नीराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।

प्रसाईँलाई गत मंगलबार  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएकाे थियाे।