१० महिनामा बैंकहरूको नाफा ५८ अर्ब ३३ करोड, कुन बैंकको कति र ?

१० महिनामा बैंकहरूको नाफा ५८ अर्ब ३३ करोड, कुन बैंकको कति र ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चालु आर्थिक वर्षको १० महिनाकोे अवधिमा वाणिज्य बैंकहरूले ५८ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।  हाल संचालनमा रहेका २७ वाणिज्य बैंकहरूले गत साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा उक्त नाफा कमाएका हुन्। ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे तथ्यांकअनुसार १० महिनामा सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकले ४ अर्ब ३१ करोड नाफा गरेको छ ।

त्यस्तै दोस्रोमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाउँदा तेस्रोमा परेको नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ।
यसअवधिमा राष्ट्रिय वाणिज्य बैंक र प्राइम बैंकले पनि ३ अर्ब बढी नाफा गरेका छन । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४५ करोड नाफा कमाउँदा प्राइम बैंकले ३ अर्ब १५ करोड बढी नाफा गरेको छ । १० महिनाको अवधिमा लक्ष्मी बैंक बाहेक सबै बैंकले अर्ब बढी नाफा गरेका छन ।

सबैभन्दा थोरै नाफा कमाउनेमा लक्ष्मी बैंकले १० महिनामा ९२ करोड रुपैयाँ नाफा कमाएको छ। सिभिल बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदा बैक अफ काडमाण्डूको नाफा पनि एक अर्ब ५ करोड छ । १० महिनाको अवधिको दुई बैंकको नाफा चार अर्ब माथि पुगेको छ । चार अर्ब बढी नाफा गर्नेमा ग्लोबल आइएमई र एनआइसी एशिया रहेका छन ।

   Commercial Bank     Net Profit(Rs. Million)
   GBIME   
 
   4310.77
    NICA        4113.13
    NABIL      3826.23
    RBB        3464.27
    PCBL        3157.18
   NMB         2974.11
  NIBL        2844.99
   NBL          2562.67
   SBL        2440.49
  MEGA      2286.59
  KBL         2083.81
  ADBNL        2028.55
  EBL      1902.05
  SCB         1820.43
  CZBIL         1798.44
  SANIMA        1793.56
  NCCB         1730.83
  MBL         1688.54
  HBL         1678.84
  SRBL         1502.67
  PRVHU       1490.39
  SBI         1408.19
  NBBL          1248.62
  CCBL          1150.25
  BOKL          1052.06
  CBL         1051.47
  LBL         928.79

 Total   

 

      58337.92