सिटिजन्स बैंकको ‘फेक पेज’

सिटिजन्स बैंकको ‘फेक पेज’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिटिजन्स बैंकको फर्जी फेसबुक पेज बनाइएको पाइएको छ । बैंकको आधिकारिक फेसबुक पेज जस्तै देखिने गरी कुनै अन्जान मानिसले उक्त पेज खोलेको अशंका बैंकले गरेको छ ।  बैंकको Citizen Bank नामक फेक पेज बनाएर ग्राहकलाई झुक्याउने गरेको पाईएपछि बैंकले एक सूचनामार्फत सजग रहन आग्रह गरेको छ । 

बैंकले जनाए अनुसार बैंकको लोगो र नाम राखि अपराधिक राखी 'फेक आईडी' प्रयोग गरेको हो । बैंकले आफ्ना ग्राहकलाई आधिकारीक फेसबुक मात्र प्रयोग गर्न समेत भनेको छ । बैंकको आधिकारीक पेज Citizens Bank International Ltd https://www.facebook.com/ctznbank/ लाई मात्र फलो गर्न ग्राहकलाई बैंकले सुझाएको हो । 

साथै, त्यस्तो पेजमा ग्राहकले कुनै प्रकारको विवरण उपलब्ध नगर्नु/नगराउन भनी सुचना  प्रकाशित समेत गरेको छ ।