काठमाडौं – क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको लागि रोजगारीको अवसर ल्याएको छ । क्लासिक टेकका अनुसार बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपरभाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि लगायत पदमा कर्मचारी माग गरेको हो ।
माग गरिएका कर्मचारीहरूलाई आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ लागायतका सेवा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
मार्केटिङ तथा फाइबर पदका लागि सम्बन्धित क्षेत्रमा १ वर्ष काम गरेको अनुभव भएका उम्मेदवारलाई प्रथामिकत दिइने कम्पनीले जनाएको छ । थप जानकारी कम्पनीको वेबसाइटबाट लिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया