हिमालयन लघुवित्तद्वारा २ लाख ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

हिमालयन लघुवित्तद्वारा २ लाख ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी


काठमाडौं – हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शंखरापुर काठमाडौंले बीमा दावी रकम भुक्तानी गरेको छ । शंखरापुर शाखामा रहेको केन्द्र नं. १०६ की सदस्य बसन्त राईको श्रीमान् फडिन्द्र प्रसाद राईको मृत्यु पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम दिइएको हो ।

सदस्य बसन्त राईले संस्थाबाट २ लाख रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु भएपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम २ लाख समेत फिर्ता गरी जम्मा रकम २ लाख २५ हजार निज सदस्य बसन्त राईलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाकी शाखा प्रबन्धक झुमा पौडेलले बताइन् ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पु(याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।