टिमुरे बन्दरगाहको ६५ प्रतिशत निर्माण सम्पन्न

टिमुरे बन्दरगाहको ६५ प्रतिशत निर्माण सम्पन्न


काठमाडौं – टिमुरेमा निर्माणाधिन सुक्खा बन्दरगाहको निर्माण ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार बन्दरगाहको ६५ प्रतिशत निर्माण सकिएको हो ।

सो मध्ये भोटेकोशी खोलातर्फ र सडकतर्फको रिटेनिङ वालको निर्माण कार्य सम्पन्न भइसकेको छ । सडक निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । कार्गो गोदाम, लिटिगेशन गोदाम र इन्सपेक्सन सेडको निर्माण कार्य प्रतिशत सम्पन्न भएको छ ।

प्रशासनिक भवनको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको र हाल इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भैरहेको जानकारी समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले गराए ।

रसुवा सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य यही असार २०८२ सम्ममा सम्पन्न गर्ने लक्ष्य सरकारको छ । आयोजनाको कूल लागत १२४ आरएमबी छ । सुक्खा बन्दरगाह कूल ५० हजार ९०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।