काठमाडाैं – मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।
ललितपुर महानगरपालिका वडा नम्बर–५, महालक्ष्मीस्थानमा सञ्चालन हुँदै आएको मितेरी सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा गुरुङ र भण्डारीविरुद्ध सीआईबीमा उजुरी दर्ता भएको थियो।
उक्त उजुरीका आधारमा नेशनल सेन्ट्रल ब्यूरोले इन्टरपोल महासचिवालयमा पत्राचार गरेपछि रेड नोटिस जारी भएकाे हाे । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले संस्थाको रकमको दुरुपयोग भएको भन्दै सीआईबीमा उजुरी गरेका थिए।
प्रतिक्रिया