काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
सो शेयरमा शेयरधनीसहित सर्वसाधरणले खरिदका लागि आवेदन दिन पाउनेछन् । प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको सो शेयर खरिद गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ । कम्पनीकाअनुसार मंसिर ५ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया