काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । कास्की जिल्ला अदालतले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
योसँगै लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन म्याद थप गरिएकोमा अहिले १० दिन थपिएको हो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । सभापति लामिछाने पक्राउ परेसँगै उनका समर्थकहरूले पोखरालगायत विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया