सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट 

सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  

सरकारले कृषि क्षेत्रमा ५५ अर्व ९७ करोड विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सो जानकारी दिए । 

उनले कृषि विमा विस्तार गर्ने , कृषि संकलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्वुलेन्सको व्यवस्थापन गर्ने पनि जानकारी दिए । 

यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्व ९० करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए । 

उखु किसानलाई सहुलियत उपलब्ध ८१ करोड रकम विनियोजन गरिएको पनि उनले जानकारी दिए । नेपाललाई चिनीमा आत्मानिर्भर बनाउने पनि उनले बताए ।