नेपालका बैंकले पुँजी छरे, आयातमुखी अर्थतन्त्रलाई बढावा दिए: त्रिपाठी

नेपालका बैंकले पुँजी छरे, आयातमुखी अर्थतन्त्रलाई बढावा दिए: त्रिपाठी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

संघीय संसदको प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नेपालका बैंकहरुको कारण नै विकासले गति लिन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा बैंकहरुको संख्या बढी भएकोले पुँजी छरिएको र त्यस्तो पुँजी छर्नबाट रोक्न बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु पर्ने उनको भनाई छ ।

‘विश्वको छैटौ ठूलो अर्थतन्त्र भएको जर्मनीमा जम्मा ६ वटा बैंक छन्, हाम्रो देशमा यति धेरै बैंकहरु भए, बैंकहरुले नै पुँजी छरे, बैंकहरुकै कारण आयातमुखी अर्थतन्त्र निर्माण भयो, यसैले मर्जर र एक्वीजीसनको कारण बैंकहरुको संख्या घटाउनु पर्यो,’ त्रिपाठीले भने ।

उनले सरकारको नीति तथा कार्यक्रमका विभिन्न ६ वटा बुँदामा संशोधन प्रस्ताव राखेका छन् ।