काठमाडौं – बीमा कम्पनीहरुको शेयर मूल्यमा असोज दोस्रो साता आएको भीषण बाढी र पहिरोको प्रभाव नपरेको देखिएको छ। असोजको ११/ १२ गते आएको वर्षापछि आएको बढी र पहिरोले कारण देशभर ठूलो धनजनको क्षती गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुमाथि साढे ९ अर्ब रुपैयाँभन्दा बढीको दावी पर्यो ।
बीमा कम्पनीहरुमाथि प्राकृतिक विपत्तिका कारण श्रृजित यो अर्बौको दायित्वको प्रभाव शेयर मूल्यमा भने नदेखिएको हो । ११ र १२ गतेको बाढी र पहिरोपछि असोज १३ गते खुलेको बजार उकालो लागेको थियो । त्यसयता सोमबारसम्मको कारोबार दिनमा निर्जीवन बीमा कम्पनीको शेयर मूल्य तुलना गर्दा श्रृजित अर्बौ रुपैयाँको दायित्वको प्रभाव नपरेको देखिएको हो ।
सो प्राकृतिक विपत्तिको कारण माइक्रो इन्स्योरेन्ससहित कुल १८ वटा निर्जिवन बीमा कम्पनीहरु माथि ९ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको दाबी परेको बीमा प्राधिकरणले जानकारी दिएको छ । यीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको मूल्य बढेको देखिएको हो । असोजको १३ गतेको निर्जीवन बीमा कम्पनीहरुको शेयर मूल्यसँग सोमबार (कात्तिक १२ गते)को शेयर मूल्य तुलना गर्दा मूल्य बढेको देखिएको हो ।
बाढीबाट दायित्व श्रृजना भएको १८ कम्पनीमध्ये १२ वटा निर्जीवन कम्पनी नेप्सेमा सूचीकृत छन् । सूचीकृत १२ वटा कम्पनीमध्ये असोज १३ गतेको तुलनामा सोमबारसम्म ती सबै कम्पनीको शेयर मूल्य बढेको छ । बीमा कम्पनीमाथि पर्ने अर्बौ रुपैयाँको दायित्वको प्रभाव कम्पनीको नाफामा पर्छ ।
फलस्वरुपः बीमा कम्पनीहरुले आफ्ना लगानीकर्तालाई दिने लाभांश समेत प्रभावित बन्छ । जसकारण, लगानीकर्ताले सम्बन्धीत कम्पनीको शेयरमा चासो नदेखाउने अपेक्षा गरिन्छ । जबकी, बाढी र पहिरोबाट श्रृजना भएको अतिरिक्त अर्बौ रुपैयाँको दायित्वको प्रभाव शेयर मूल्यमा शून्यप्राय देखिएको हो ।
कुन कम्पनीको शेयर मूल्य कति ?
नेप्सेमा जीवन र निर्जीवन गरी २४ वटा बीमा कम्पनी सूचीकृत छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यी कम्पनी नेप्सेमा सूचीकृत भएर शेयर कारोबार भइरहेको छ । जसमध्ये १२ वटा निर्जीवन बीमा कम्पनी छन् । जसमध्ये बाढी र पहिरो आएपछि पनि सबै कम्पनीको शेयर मूल्य बढेको हो ।
कुन कम्पनीलाई कति पर्यो दावी दायित्व ?
अकल्पनियरुपमा आएको बाढी र पहिरोका कारण बीमा कम्पनीमाथि अर्बौ रुपैयाँको दायित्व सृजना गरेको थियो । नेपाल बीमा प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमाथि ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ३ हजार ३०६ वटा दावी परेका छन् । यसबाट बीमा क्षेत्रमा ९ अर्ब ५४ करोडभन्दा बढीको दायित्व श्रृजना भएको छ । प्राधिकरणको तथ्यांकअनुसार दाबीमध्येबाट अहिलेसम्म ३० करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
प्राधिकरणकाअनुसार सबैभन्दा बढी दायित्व सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई परेको छ । यो कम्पनीमा ४८५ वटा दावी परेको छ । जसमा कम्पनीले २ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने हुन्छ । हालसम्म कम्पनीले ३३ वटा दावीको ४ करोड १७ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यसैगरी, ओरिएन्टल इन्स्योरेन्सले दोस्रो धेरै दावी भुक्तानी गर्नुपर्ने देखिएको छ । यो कम्पनीले १७२ वटा दावीको १ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
हालसम्म कम्पनीले ६ वटा दावीको ३ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेको छ । सबैभन्दा बढी दावी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरमा ४२७ वटा दावी परेको छ । ती दाबीको ९८ करोड ८१ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । कम्पनीले हालसम्म १५९ वटा दावीको २१ करोड ५० लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
प्रतिक्रिया