‘बीमालाई सरकारले बाध्यात्मक बनाउनुपर्छ’

‘बीमालाई सरकारले बाध्यात्मक बनाउनुपर्छ’

'सहकारी र लघुवित्तकाे असर बीमा क्षेत्रमा पनि परेकाे छ'

चंकी क्षेत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बीमा भनेको हामीले दुःख पर्दा भगवान् पशुपति सम्झेको जस्तै हो । बीमाले दुःखको समयमा हामीलाई सहज गराउने गर्छ । यसको लागि ग्राहक, बीमा कम्पनी मात्र सजग भएर हुँदैन सरकारले पनि समयमा नै आफ्नो जिम्मेवारी पूरा गर्‍यो भने मात्र बीमाको लागि सबैको ध्यानाकर्षण हुन्छन् । सरकारले कृषि बीमाको अनुदान दिने कुरामा नै ढिलाइ गरेको कारण धेरै जनाले बीमाको विषयमा गलत धारणा लिएर हिँडिरहेका छन् ।

सरकारले बीमा गर्न अनिवार्य गर्‍यो भने त नागरिकहरूको आफ्नो कर्तव्य सोचेर गर्ने हो । जसरी मोटर बीमामा तेस्रो पक्ष बीमामा सरकारले अनिवार्य गरेको कारण मोटर बीमामा सबैले बीमा गर्दै गएका छन्। त्यसरी, नै राज्यको आर्थिक पाटोमा सरकारले आफ्नो अडान राखेर निर्देशन दिन सक्नुपर्छ । सरकारलाई भूकम्पको समयमा पनि त्यति धेरै आर्थिक भार पर्‍यो यदि बीमाको लागि सरकारले पनि पहल गरेको भए कम भार पर्थ्यो । बाहिरी देशहरूको मुख ताक्नु पर्दैन थियो ।

बीमालाई बाध्यात्मक र व्यवस्थित बनाउनुपर्छ’
सरकारले नै सुरुमा सरकारी सम्पत्तिको बीमा गर्नुपर्छ । सरकार नै गम्भीर नभएको विषयवस्तुमा नागरिकहरूको ध्यानाकर्षण जाने कुरा भएन । त्यसैले सुरुवातमा सरकारले नै सरकारी सम्पत्तिको बीमा गर्नुपर्छ । त्यसपछि सरकारले हरेक पक्षको बीमा गर्न अनिवार्य गरिदियो भने नागरिकको लागि बाध्यता नै हुन्छ र बीमाको महत्त्व पनि बुझ्छन् । सरकारका जो सरोकारवालाहरू छन् । आर्थिक क्षति हुने जोखिम नै नदेखेका हुन । क्षति भएपछि त्यस बापतको क्षतिपूर्तिको व्यवस्था पनि हुन्छ है, भन्ने कुरा हामीले बुझाउन सकेका छैनौँ ।

सहकारी र लघुवित्तको प्रभाव बीमा क्षेत्रमा पनि 
ग्रामीण क्षेत्रमा सहकारी र फाइनन्सहरुले वित्तिय चेतना राम्रोसँग पुर्‍याएका छन् । पछिल्लो समय थोरै समस्या देखियो तर ग्रामीण भेगमा पैसाको विषयलाई म्यानेज गर्न सिकाएको छ । सहकारीहरूले नै बीमा गर्नुपर्छ भन्ने चेत पुराइदिएका छन् । म आफै गाउँ जाँदा पनि सबै जनाले बीमाको कुरा गरिरहेको देख्छु । प्रिमियम तिर्नको लागि सबै जनाले हिसाब गरिरहेको हुन्छन् । अहिले अब जताबाट पनि सरकारको नै गल्ती छ ।

सरकारले समयमा व्यवस्थित गरेको भए सहकारी र लघुवित्तमा त्यस्तो समस्या पनि देखिँदैन थियो । यसले अब बीमा क्षेत्रमा पनि प्रभाव परिरहेको छ । सहकारीहरूले नै फैलाएको चेतनाले ग्रामीण भेगमा पनि बीमाको सचेतना बढेको थियो । बीमाको दायरा बढाउन केही हद सम्म सहयोग पुगेको थियो ।

दावी भुक्तानीका कुरा
मलाई सबैभन्दा धेरै खुसी र बिर्सन नसक्ने पल भनेको भूकम्पको समयमा बीमाको दाबी परेकाहरूलाई हामीले समयमा दाबी रकम दिँदा सबै जना रुँदै हामीलाई धन्यवाद भनेको कुराहरू बिर्सन पनि सकिदैन । बीमा क्षेत्रमा काम गरिरहँदा कसैलाई दुःख परेको समय राहत बनेर उभिन पाँउनु हरेक बीमा कम्पनीको लागि गर्वकाे कुरा हो । तर, बीमा क्षेत्रमा कम्पनीहरुले भुक्तानी दिइँदैन भन्ने कुरा मान्न तयार छैनौँ । दावी भुक्तानी समयमा नै गरेर ग्राहकलाई आकर्षित गर्ने मुख्य शैली होे ।

हरेक बीमा कम्पनीहरुले यस कुरालाई मनन गरिसकेका छन् । बीमा क्षेत्रमा लागेको आरोप दाबी दिँदैन भन्ने सोच राख्नु गलत हो । हरेक नियम, हरेक तरिकाले दावीको हकदार हो भने उनीहरुले रकम पाउँछन् । त्यसैले दावी दिदैँन भन्ने सोच नराखी विश्वास गरेर समयमा प्रिमियम तिर्ने समयमा सबै नियम पालना गरियो भने कुनै पनि कम्पनीले दावी रकम रोक्दैनन् । कुनै–कुनै केस बिमितहरुले राम्रोसँग पोलिसी नपढेको कारण पनि हुने गर्छ । पोलिसीमा के लेखिएको छ नबुझेर दाबी पर्ने समयमा मात्र रकमको लागि पहल गर्न आउँदा यस्तो खालको सूचना फैलिएको हो ।

बैंकको भिड देखेर लोभिन्थेँ

सुरुमा बैंकमा ग्राहकहरूकाे बैंकिङ्ग कारोबारका लागि भिड देख्दा बीमा कम्पनीमा पनि यस्तो भिड कहिले होला भन्ने लाग्थ्यो । भूकम्पको समयमा दावी लिने, बीमा गर्ने र बीमाको विषयमा सबैको चासो बढेको कारण थोरै चहलपहल बढेको थियो । फोन पनि उठाउन फुर्सद हुँदैन्थ्याे। अहिले लाइनको सिस्टम हट्यो तर पनि बीमा कम्पनीहरूमा बीमाको विषयमा बुझन् भएपनि चहलपहल होस् लाग्छ । हरेक घरले बीमा गर्नुपर्छ । चाहे त्यो डिजिटलाइजेन्सन् माध्यम बाट होस् या अन्य माध्यम बाट सबैले बीमाको विषयमा बुझ्नुपर्छ ।

बीमा किन गर्ने ?
बीमा दु:ख पर्दाको साथी हो । दु:ख पर्दा हामीले भगवान्लाई सम्झेको जस्तै हो बीमा । बीमाले भविष्यमा आउने जोखिमलाई न्यूनीकरण गर्ने गर्छ । सबै जनाले बीमा गर्दा तनाव कम हुन्छ । जोखिमको केही हदसम्म न्यूनीकरण गर्छ । अहिले धेरै जनाले बीमाको विषयमा बुझिसकेका छन् । बीमा बचत लगानी र विशेष सुरक्षा हो । सबै नागरिक सचेत हुनुपर्छ । बीमा गरेर सुनिश्चित भविष्य सिर्जना गर्नुपर्छ ।