वाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो, कुनको कति ?

वाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो, कुनको कति ?


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खराब कर्जा (एनपीएल) बढेको छ। बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २० वटा वाणिज्य बैंकको औसत खराब कर्जा बढेर ३.५२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.०६ प्रतिशत थियो।

समिक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हुने बैंकमा लक्ष्मी सनराइज बैंक रहेकाे छ । समिक्षा अवधिमा यस बैंककाे खराब कर्जा ५.४४ प्रतिशत रहेकाे छ । दाेस्राे धेरै खराब कर्जा हुने बैंकमा सिटिजन्स इन्टरनेशनल बैंक रहेकाे छ l साे बैंककाे काे ५.४१ प्रतिशत खराब कर्जा रहेकाे छ ।

तेस्राेमा हिमालयन बैंककाे ४.९८ प्रतिशत रहेकाे छ । यस्तै, कुमारी बैंककाे ४.९६ प्रतिशत , प्रभु बैंक ४.९४ प्रतिशत , प्राइम कर्मसियल बैंक ४.८६प्रतिशत , कृषि विकास बैंक ४. ७८ प्रतिशत, ग्लाेबल आइएमई बैंक ४.६७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंककाे ४.२३ प्रतिशत खराब कर्जा रहेकाे छ ।

समिक्षा अवधिमा नेपाल बैंककाे ३.९५ प्रतिशत, सिद्धार्थ बैंक ३.९१ प्रतिशत, एनएमबि बैंक ३.३६ प्रतिशत, माछापुच्छ्रे बैंक ३.१५ प्रतिशत, एनआइसी एशिया २.८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १.९९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक १.९५ प्रतिशत, नेपाल एसबिआई बैंक १.८४ प्रतिशत, नबिल बैंक १.४२ प्रतिशत, सानिमा बैंक १.३८ प्रतिशत रहेकाे छ ।

सबैभन्दा कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक रहेकाे छ । समिक्षा अवधिमा साे बैंककाे खराब कर्जा ०.७७ प्रतिशत मात्रै रहेकाे छ ।