प्लेटफर्म एक, फाइदा अनेक–फोनप्वाइन्टस्सँग इसेवाको प्रारम्भिक साझेदारी

प्लेटफर्म एक, फाइदा अनेक–फोनप्वाइन्टस्सँग इसेवाको प्रारम्भिक साझेदारी


काठमाडौं – फोनप्वाइन्टस् एक एकृकीत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्नसक्छन्।

प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोग गर्ने अवसर फोन प्वाइन्टस्ले प्रदान गर्दछ ।

फोन प्वाइन्टस्का प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीक पार्टनरहरूसँग संलग्न भएर लौयल्टी प्वाइन्टस् (जसलाई ‘फोन प्वाइन्टस्’ पनि भनिन्छ) आर्जन गर्न सक्नेछन्।

फोन प्वाइन्टस्ले फोनपे सँगआबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लौयल्टी प्वाइन्टस् लाई एक ठाउँमा एकृकीत गर्दछ, जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरु प्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्दछ। नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोन प्वाइन्टस्सँग सहकार्य गर्ने निर्णय गरेको छ।

प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुति प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिइने लौयल्टी प्वाइन्टस् लाई एकीकृत गर्ने विकल्प दिइएको छ। एकीकृत गरिएका लौयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ।

फोन प्वाइन्टस्को सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरू प्रति अझ बढी आकर्षित गर्न खोजेको छ। यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ।

फोन प्वाइन्टस्का सिइयो सागर पौडेलको अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ। यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ।

यो प्रक्रिया सिधै फोन प्वाइन्टस्एपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ। यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुकको साथै फोन प्वाइन्टस्को विस्तार गर्न सहयोग गर्न सक्ने कुरा जोडएिका छन्।

फोनप्वाइन्टस्का साझेदारहरुको बारेमाः
इसेवाः
इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो, जसले अनलाइन भुक्तानी, रकम पठाउने, मोबाइल रिचार्ज, र युटिलिटी बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दछ । ८६ लाखभन्दा बढी ग्राहकहरू, २ लाख ३८ हजारं एजेन्टहरू, र ४९ बैंकहरूको विशाल नेटवर्क रहेको इसेवा नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त सुरक्षित डिजिटल वालेट हो ।

फोन पेः
नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो, जसले अनलाइन र अफलाइन दुवै भुक्तानीका लागि नवीन समाधानहरू प्रदान गर्दछ। क्यूआर कोड भुक्तानी, पीटूपी (व्यक्ती व्यक्ती बीच) फण्ड ट्रान्सफर, र अन्य भुक्तानी सेवाहरू मार्फत फोनपेले प्रयोगकर्ता र व्यापारीहरूको भुक्तानी अनुभवलाई सहज बनाएको छ।