बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग


काठमाडौं – नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान गरेको छ। सङ्गठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापत्को चेक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज हस्तान्तरण गरेका हुन् ।

नेपाल बुद्धिजीवी सङ्गठनका तर्फबाट सङ्कलित रकम बुझ्दै उनले राष्ट्र र राष्ट्रियताको संवद्र्धनमा ध्यान दिन आग्रह गरे । उनले पाँच विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको जनाउँदै सो ज्ञापनपत्रमार्फत राष्ट्र र राष्ट्रियताको संवद्र्धनबारे जानकारी गराइएको बताए । रासस