बैंकिङ्ग समाचार र नेपाली पात्रोबीच सहकार्यको सम्झौता

बैंकिङ्ग समाचार र नेपाली पात्रोबीच सहकार्यको सम्झौता


काठमाडौं – बैंकिङ्ग समाचार र नेपाली पात्रोबीच सहकार्यका लागि समझदारी पत्रमा सम्झौता भएको छ। दुई संस्थाबीच सहकार्यको सम्झौतासँगै बैंकिङ्ग समाचारमा प्रकाशित समाचार नेपाली पात्रोबाट समेत पढ्न सकिने भएको छ।

बैंकिङ्ग समाचार सन् २०१६ देखि नेपालमा बैंकिङ्ग, बीमा, शेयर र समग्र अर्थतन्त्रमा समाचार लेख्दै आइरहेको आर्थिक अनलाइन हो । यस्तै, नेपाली पात्रोले अनलाइन पात्रोकारुपमा नेपाली सर्वसाधारणलाई पात्रोको सेवा सुविधा दिइरहेको छ ।

देशभरमा नेपाली पात्रोका १० लाखभन्दा बढी प्रयोगकर्ता छन् । जसमध्ये ५ लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको नेपाली पात्रोले जनाएको छ । बैंकिङ्ग समाचारसँगको सम्झौतासँगै अब नेपाली पात्रोको वेभसाइटबाटै बैंकिङ्ग समाचारमा प्रकाशित समाचार पढ्न सकिने जनाइएको छ ।