बीमा कम्पनी शहर केन्द्रित, ग्रामीण क्षेत्रमा शून्य बुझाइ

बीमा कम्पनी शहर केन्द्रित, ग्रामीण क्षेत्रमा शून्य बुझाइ

नमुना के. सी.
42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सबैजसो बीमा कम्पनीहरू शहरी क्षेत्रमा केन्द्रित बन्दा ग्रामीण क्षेत्रमा दायरा बढाउन असफल बनेका छन् । ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरूलाई बीमा बारे बुझाउँन नसक्दा सो क्षेत्रमा दायरा विस्तारमा कम्पनीहरू असफल बनेका हुन् ।

बीमा गर्नका लागि चाहिने सबैभन्दा सुरुको विषय भनेकाे यसबारे ज्ञान हो । बीमाबारे राम्रो ज्ञान हुनेहरूले समेत बीमा गर्ने प्रचलन न्यून छ । अझ ग्रामीण क्षेत्रमा बीमाबारे ज्ञान नै पुर्‍याउन नसकेपछि त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरू पूर्ण रुपमा दायराभन्दा बाहिर परेका हुन् ।

देशका कुनाकाप्चामा समेत कम्पनीहरूले बीमा सचेतना पुर्‍याउन नसक्दा समग्र बीमाको दायरा नै ४५ प्रतिशत हाराहारीमा पुगेको छ । ४५ प्रतिशत जनसङ्ख्या बीमाको दायरामा समेटिनु पनि वैदेशिक रोजगारीमा जानेहरूले गर्ने अनिवार्य बीमाका कारण हो ।

कम्पनीहरू सर्वसाधारणमा बीमाको चेतना फैलाउनुको साटो अस्वस्थ प्रतिस्पर्धामा व्यस्त छन् । यसबाहेक कम्पनीहरू शहर केन्द्रित बन्दा ग्रामीण भेगमा बीमा सचेतनाको विषयमा बीमा कम्पनीहरूको प्रयास शून्य जस्तै छ । बीमा कम्पनीहरूले ग्रामीण भेगलाई दायरामा ल्याउन नसक्दा सरकारले लघु बीमा कम्पनीहरुको अस्तित्व ल्याएको छ ।

पैसा डब्बल आउने आश्वासन नै बीमाको माध्यम

सिन्धुपाल्चोक पाटिडाँडा घर भएकी सुनिता भण्डारीले बीमा गरेकी छिन् । तर, बीमाको प्रकार, रकम, कम्पनी र कस्ता सुविधा पाइन्छ भन्नेबारे उनलाई जानकारी छैन । भविष्यमा सहयोग पुग्ने अपेक्षासहित र पैसा बढ्ने आश्वासनपछि बीमा गरेको उनको भनाइ छ । ‘बीमा गर्नुपर्छ भनेर हामीलाई सहकारीबाट भनिएको थियो । मलाई के कतिको बीमा भन्ने थाहा छैन्,’ उनले भनिन्, ‘पल्लो घरको भाइले पैसा बढेर आउँछ भनेको भएर मात्र मैले बीमा गरेको हो ।’

यता, बीमक सघंका अध्यक्ष चंकी क्षेत्री ग्रामीण भेगमा बीमाको विषयमा बुझाउन सहज भएको बताउँछन् । ‘बीमाको विषयमा गाउँघरमा लघुवित्त, सहकारी जस्तो वित्तिय संस्थाको कारण पनि बीमा धेरैले सुनेको छन्,’ उनले थपे, ‘सबैले बीमा गरेका पनि छन् ।’ तर, ग्रामीण भेगमा अझै पनि बीमाको विषयमा स्पष्ट रुपमा नबुझेको कारण पनि बीमाको दायरा नबढेको क्षेत्री स्वीकार्छन।

मलाई के कतिको बीमा भन्ने थाहा छैन्,’ उनले भनिन्, ‘पल्लो घरको भाइले पैसा बढेर आउँछ भनेको भएर मात्र मैले बीमा गरेको हो ।’

‘धेरै ठाँउहरुमा बीमाको विषयमा सजक भैसकेका छन्,’ क्षेत्रीले बैंकिङ्ग समाचारसँग भने, ‘बीमाको फाइदाहरूको विषयमा धेरै मानिस सजक पाएका छौँ। हामी अवलोकनमा गएका समयमा पनि बीमाको विषयमा राम्रो प्रतिक्रिया पाएका थिएय ।’ तर, केही गाउँमा अझै पनि बीमाको विषयमा राम्रो ज्ञान नपुग्नुको कारण अभिकर्ताहरूले नबुझाएको हुन सक्ने उनको भनाइ छ । धेरै ठाउँमा शाखा नै खोलेर बीमाको दायरा बढाउन प्रयास भइरहेको उनले बताए ।

के भन्छ नियामक ? 

पछिल्लो समयमा बीमाको सचेतना पुर्याउँन बीमा नियामक, बीमा कम्पनीहरू सबै लागि परिरहेको बीमा प्राधिकरणको निर्देशक सुशील देव सुवेदी बताउँछन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बीमाको दायरा खुम्चिनुमा लघुवित्त र सहकारी क्षेत्रमा देखा परेको सङ्कट प्रमुख रहेको उनको भनाइ छ । ‘केही हदसम्म बीमाको सचेतना पुर्‍याउनेमा यस्ता लघुवित्त सहकारीको पनि हात छ,’ बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले भने, ‘ग्रामीण क्षेत्रमा बीमाको बुझाइमा कमी आउनुमा अहिले सहकारी र लघुवित्तले निम्त्याएको समस्याले पनि हुन् सक्छ ।’

बीमाको सचेतना बढ्दै जाँदा सर्वसाधारणमा पहुँच बढ्दै जानुपर्नेमा उल्टो गतिमा रहेको पाइएको छ । प्राधिकरणको तथ्यांकअनुसार अनुसार गत आर्थिक वर्षमा बीमाको पहुँच विस्तार १.११ प्रतिशतले खुम्चिएको छ ।