सपोर्ट लघुवित्तद्वारा १४.५० प्रतिशत लाभांश घोषणा

सपोर्ट लघुवित्तद्वारा १४.५० प्रतिशत लाभांश घोषणा


काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १४.५० प्रतिशत लाभांश घोषणा गरेको हाे ।

जसमा बोनस १३.७७ प्रतिशत र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । घोषित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी दशौं वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।