क्रिप्टोकरेन्सी र डिजिटल करेन्सीबीच के छ भिन्नता ?

क्रिप्टोकरेन्सी र डिजिटल करेन्सीबीच के छ भिन्नता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय नेपालमा पनि डिजिटल करेन्सीको बारेमा धेरै कुराहरु उठिरहेको छ । साथै, क्रिप्टोकरेन्सीको बारेमा पनि कुरा नउठेको होइन । तर क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैर–कानुनी मानिन्छ । 

नेपाल राष्ट्र बैंकले पनि नेपालको लागि डिजिटल करेन्सीको व्यवस्था गर्ने कुराहरु बाहिर आईरहेको छ । यसैको छलफलको लागि नेपाल राष्ट्र बैंकको प्रतिनिधीहरु एल साल्भाडोर तिर लागेका छन् । तर यी प्रतिनिधी त्यस राष्ट्रमा क्रिप्टोकरेन्सीको बारेमा छलफल गर्न गएको भएपनि नेपालमा हालको समयमा क्रिप्टोकरेन्सीलाई मान्यता दिने सम्भावना रहेको छैन ।

पछिल्लो समयमा धेरैको चासो डिजिटल करेन्सी र क्रिप्टोकरेन्सी एकै प्रकारको करेन्सी हो भन्ने भ्रम रहेको पाईन्छ । तर यथार्थमा यी दुईबीच धेरै नै भिन्नता रहेको छ । 

डिजिटल करेन्सी र क्रिप्टोकरेन्सी विचको भिन्नता 

डिजिटल करेन्सी हालको भौतिक करेन्सीलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने मात्र हो । यस करेन्सीको नियन्त्रण हालको भौतिक करेन्सीको जस्तै, कुनै पनि राष्ट्रको केन्द्रिय बैंकले गर्छ । यस सम्बन्धी देशको सरकारले नियमन,नियन्त्रण गर्ने गर्दछ । त्यसैले सरकारी डिजिटल करेन्सीमा गरेको लगानी सुरक्षित हुन्छ । 

सरकारी डिजिटल करेन्सीलाई अफलाईन रुपैंया, डलर तथा अन्य विदेशी करेन्सीमा बदल्न सकिन्छ । क्रिप्टोकरेन्सी प्राइभेट करेन्सी हो । जसको सुरुवात स.न् २००८ मा मात्र भएको हो । यो करेन्सी पनि डिजिटल माध्यमकै भएपनि यसको नियन्त्रण कुनै पनि राष्ट्रको केन्द्रिय बैंकले गर्देन । त्यसैले क्रिप्टोकरेन्सीमा लगानी गर्नु जोखिमपूर्ण मानिन्छ । 

क्रिप्टोकरेन्सीको मुल्यको एउटा भण्डार हो । यसलाई इन्क्रिप्सनद्धारा सुरक्षित गर्न सकिन्छ । यसलाई अन्नत ब्लकचेन प्रविधीको प्रयोगबाट बनाउने गरिन्छ । साधारण शब्दमा भन्नुपर्दा क्रिप्टोकरेन्सी डिजिटल करेन्सी हो तर डिजिटल करेन्सी क्रिप्टोकरेन्सी होइन । 

डिजिटल करेन्सी क्रिप्टोकरेन्सी जस्तो बिटक्वाईन, डजक्वाइन, इथेनियम जस्तै हुन्छन् । तर, डिजिटल करेन्सीलाई सरकारले नियमन गर्ने गर्छ । 
एजेन्सी