एल साल्भाडोरतिर राष्ट्र बैंकका प्रतिनिधी, बिटक्वाइन बारे छलफल हुने 

एल साल्भाडोरतिर राष्ट्र बैंकका प्रतिनिधी, बिटक्वाइन बारे छलफल हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बिटक्वाइनको बारेमा छलफल गर्न नेपाल राष्ट्र बैंकको एक टोली एल साल्भाडोर पुगेको छ । 

विश्वभरका ४४ मुलुकमा केन्द्रिय बैंक र वित्तिय अधिकारी बीच सेल्ट्रल अमेरिकी राष्ट्र एल साल्भाडोरमा वित्तिय समावेशीकरण, डिजिटल इकोनोमीका साथै बिटक्वाइनका बिषयमा छलफल हुने बताइएको छ । 

एल साल्भाडोरका ४३ औं राष्ट्रपति नयिब बुकेलेका अनुसार भोली हुने उक्त छलफलमा नेपालसहित अन्य ३२ वटा मुलुकमा केन्द्रिय बैंक र १२ वटा वित्तिय संस्थाका अधिकारीहरुको उपस्थिति हुनेछ । 

बुकेलेले ट्ठिटरमा भोली हुने छलफलमा बिटक्वाइन,डिजिटल इकोनोमी लगायतको मुलुकलाई हुने फाइदाबारे छलफल गरिने बताएका छन् । 

एल साल्भाडोर बिटक्वाइनलाई मुद्राका रुपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश पनि हो ।