पशुपति गौशाला धर्मशाला सञ्चालन व्यवस्थापन गर्न महानगरपालिका र कोषबिच सहमति

पशुपति गौशाला धर्मशाला सञ्चालन व्यवस्थापन गर्न महानगरपालिका र कोषबिच सहमति


काठमाडौं – पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय र काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हस्ताक्षर गरे । सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले यस्ता सार्वजनिक महत्वका स्थानको संरक्षण, प्रवर्धन र व्यवस्थापनमा सबैको दायित्व हुने बताउँदै महानगरपालिकाले यसको अभिभावकत्व ग्रहण गरेको बताए ।

‘धर्मशाला मन्दिर हो । सम्पत्ति कोषको हो ।’ सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं। ८ का अध्यक्ष आशामान संगतले भन्नुभयो, ‘सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य हो,’ उनले भने । ‘सहमति पत्रमा हस्ताक्षर हुनुलाई सुखद क्षणका रुपमा लिएका छौँ,’ कोषका कार्यकारी निर्देशक जोशीले भने, ‘महानगरपालिकासँगको सहकार्य बढाउँदै लैजानेछौँ ।’