शेयरबाट करोडपति बन्न चाहनुहुन्छ ? दसैंको फुर्सदमा पढ्नुस् यी ७ किताब

शेयरबाट करोडपति बन्न चाहनुहुन्छ ? दसैंको फुर्सदमा पढ्नुस् यी ७ किताब


काठमाडौं – शेयर बजारमा लगानी गरेर करोडौं रुपैयाँ आम्दानी गर्ने चाहना सबैको हुन्छ । वारेन बफेट शेयर बजारबाटै अर्बपतिको सूचीमा परेकोबारे जानकारी पाएपछि त झनै कमाउने रहर जाग्छ नै । बफेटले जस्तै शेयर बजारलाई गतिलो आम्दानीको स्रोत बनाउने योजना सबैले बुनेकै हुन्छन् ।

तर, सबैजना शेयर बजारबाट मनग्य कमाइ गर्न सफल भने हुँदैनन् । यसका लागि लामो मेहनेत, गहिरो बुझाई र लगनशिलताका साथै धेरथोर भाग्य समेत चाहिन्छ । बुझाई र ज्ञान प्राप्त गर्नका लागि शेयर बजारसँग सम्बन्धीत विश्वस्तरीय पुस्तक पढ्नुपर्ने हुन्छ ।

विश्वमा शेयर बजारसँग सम्बन्धित ज्ञान दिने धेरै पुस्तक छन् । जसमध्ये बैंकिङ्ग समाचारले उत्कृष्ट ७ पुस्तकको सूची तयार पारेको छ । जुन, पुस्तक लगानीकर्ताहरुले दसैं, तिहार तथा छठको फुर्सदमा पढ्न सक्छन् । जसले दसैं लगत्तै खुल्ने शेयर बजारबाट मनग्य आम्दानी गर्न सहजीकरण गर्न सक्छ ।

”The Bond King”

म्यारी चाइल्ड्सले लेखेको ‘द बोन्ड किङ्ग’ शेयर बजारसँग सम्बन्धित ज्ञान लिनका लागि उत्कृष्ट मध्येको एक पुस्तक हो । जसलाई इन्भेष्टोपेडियाले लगानीसँग सम्बन्धित पुस्तकहरुको सूचीकाे शीर्ष स्थानमा राखेको छ । यसमा शेयर बजारमा लगानी गर्ने तरिका, नाफा राख्ने र लगानी नडुब्ने तरिकाहरु उल्लेख गरिएको छ ।

”The Intelligent Investor”

बेञ्जामिन ग्राहमद्वारा लिखित यो पुस्तकमा नगुमाउन प्रेरणा दिने लक्ष्य लेखकको छ । यो पुस्तक सन् १९४९ मा प्रकाशन भएको थियो । जबकी, हालसम्म पनि यो पुस्तकको बिक्रीवितरण बढ्दो अवस्थामा छ । यसले नै पुस्तकमा लेखिएको गहन ज्ञानका बारेमा प्रकाश पार्छ । पुस्तकमा ‘भ्यालु इन्भेष्टमेन्ट’ गर्न सिकाउँछ, जसमा लगानीकर्ताले किन्ने कम्पनीको शेयरको राम्रा र नराम्रा पक्ष केलाउन भन्छ ।

”Patient capital”

हार्वड विजनेश स्कुलमा पढेका भिक्टोरिया इभाशिना र जोस लर्नरले लेखेको यो पुस्तक शेयर बजारका ज्ञानगुनसँग सम्बन्धित छ । उनीहरुले विभिन्न पुस्तेनी व्यवसायीक घरानाको उदाहरण किताबमा उल्लेख गरेका छन् । उनीहरुले सानो रकम लगानी गरेर ठूलो बनाइएका उदाहरणहरु समेत प्रस्तुत गरेका छन् । लेखकहरुकाअनुसार प्यासेन्स क्यापिटल भनेको ‘लङटर्म क्यापिटल’ हो । यो लगानीबाट प्रतिफल पाउनका लागि कहिलेकाँही दशकसम्म कुर्नुपर्ने उनीहरुको पुस्तकमा उल्लेख छ ।

”The billionaire’s apprentice”

यो पुस्तकमा दक्षिण एसियाली डायस्पोराले अमेरिकामा कसरी छिट्टै आर्थिक प्रगति गर्यो भन्ने विषयसँग सम्बन्धीत छ । दक्षिण एसियाबाट बसाईसराई गरेर अमेरिका पुगेको जनसंख्याले गरेको आर्थिक, सामाजिक र प्रशासनिक प्रगतिलाई पुस्तकमा समेटिएको छ । लेखक अनिता राघवनद्वारा लिखित यो पुस्तकमा मासिक तलब भत्ता लगानी गरेर अर्बपति बनेका उदाहरणहरु समेटिएका छन् ।

”The ultimate day trader”

जकोब बेर्नसटेनले लेखेको यो पुस्तकमा सुरुवाती चरणमा रहेका लगानीकर्तालाई लगानीको उपाए सिकाउन केन्द्रित छ । यसमा ट्रेडिङको परिचय र गतिबारे उल्लेख गरिएको छ । यसमा लगानीकर्ता ट्रेडिङको लागी २४ घन्टा नै तयार रहनुपर्ने बारे बताइएको छ । यसमा ११ वटा ‘डे ट्रेड’ को कारण पनि दिइएको छ ।

”The Psychology of Money”

मोर्गन हाउसेलले लेखेको यो पुस्तकमा १९ वटा च्याप्टर छन् । यसमा परम्परागत शैलीमा मानिसहरुले पैसाका बारेमा सोच्ने तरिकाका बारेमा पनि उल्लेख गरिएको छ । यस्तै, वित्तीयरुपमा सुरक्षित बन्नका लागि आफ्नो वरिपरिको विषयलाई गहनरुपमा बुझ्नुपर्ने, पैसाको मनोविज्ञान बुझ्नुपर्ने लगायतका विषय समेटिएका छन् ।

”The only Investment guide you’ll ever need”

एन्ड्रिउ टोबायसले लेखेको यो पुस्तक लगानीसँग सम्बन्धित छ । यो पछिल्लो समय सबैभन्दा धेरै बिक्री भएको पुस्तकहरुको शीर्ष स्थानमा छ । यो पुस्तकमा कोभिड–१९ महामारीको अर्थतन्त्रमा परेको प्रभावका विषय पनि समेटिएको छ । यस्तै, करदाताले ट्रम्प प्रशासनमा गरेकाे गतिविधिका बारेमा समेत उल्लेख गरिएको छ ।