‘बुक रिभ्यू’: यी हुन् छुट्टीमा पढ्न लायक ‘बिजनेस बुक’, जसले दिनेछन् ‘बिजनेश आईडिया’

‘बुक रिभ्यू’: यी हुन् छुट्टीमा पढ्न लायक ‘बिजनेस बुक’, जसले दिनेछन् ‘बिजनेश आईडिया’


काठमाडौं – नेपालीहरूको महान् चाड दसैं र तिहारमा धेरैजसो नेपालीको पर्याप्त बिदा हुन्छ । यो बिदाको समयमा आफ्नो समयको सदुपयोग गर्ने उपाय खोज्दै गर्दा धेरैको मनामा किताब पढ्ने सोच आउन सक्छ । तर, पढेका सबै किताबले जीवनमा आर्थिक र वित्तीय प्रगति गर्न प्रोत्साहन नगर्न सक्छन् । त्यसैले वित्तीय र आर्थिक प्रगतिमा साथ दिने किताब पढ्ने धेरैको सोच हुन्छ ।

रुची अनुसार व्यक्तिहरूले फरक–फरक किताब पढ्न रुचाउनु स्वाभाविकै हो । तर, रुचिमा नै व्यवसायी बन्ने वा आफ्नै केही पेसा सञ्चालन गर्ने योजना धेरैको हुन्छ । अर्थात् धनी बन्ने रहर सबैलाई हुन्छ । तर, दसैंको फुर्सदमा कस्ता किताब पढ्ने भन्ने जानकारी नहुन सक्छ ।

सोहीकारण, बैंकिङ्ग समाचारले दसैं, तिहार र छठको छुट्टीमा पढ्न लायक उत्कृष्ट ‘विजनेश आइडिया’ दिने किताबको सूची तयार पारेको छ । सन् २०२३ मा पाठकहरूको राम्रो प्रतिक्रियाका आधारमा बिजनेश इन्साइडरले तयार पारेको उत्कृष्ट सूचीका किताबहरूको सूची हामीले प्रस्तुत गरेका छौँ :–

१५ ”The Innovator’s Dilemma: when news technologies cause great firms to fail”

क्लेटन एम. क्रिस्टेन्सेनले लेखेको यो किताब प्रविधिसँग सम्बन्धित छ । विभिनन अनलाईन स्टोरहरुमा १३.७१ अमेरिकी डलरमा बिक्री भइरहेको छ । यो किताबमा साइकोलोजि र सोसिओलोजीमा ‘ननफिक्सन’ लेख छ । यो ‘बेस्टसेलिङ’ किताबमा व्यवसायीक मनोविज्ञान, विश्लेषण लगायतका ज्ञान दिन्छन् ।

१४ ”Never Split the Difference: negotiating as if your life depended on it”

अमेजनदेखि बुकसपसम्म १४.९७ अमेरिकी डलरमा यो किताब पाइन्छ । यसबाहेक अन्य अनलाईन स्टोरमा समेत यो किताब पाइन्छ । चर्चित लेखक क्रिस भोसले लेखेको यो किताब व्यवसायसँग सम्बन्धित किताब हो । यो किताबमा व्यवसायीक मनोविज्ञानलाई राम्रोसँग प्रस्तुत गरिएको छ । यसबाहेक बार्गेनिङका उपाय, विश्वास प्राप्त र लक्ष्य पछ्याउने उपायहरू समेत उपलब्ध गराउँछ ।

१३ ”Outliers: The Story of Success”

माल्कोल्म ग्लाडवेलबाट लिखित किताबहरु धेरै बिक्री हुने किताबको सूचीमा शीर्ष स्थानमा आउँछन् । उनले मनोविज्ञान, समाजशास्त्र लगायतका क्षेत्रमा ‘ननफिक्सन’ लेखनमा राम्रो दखल राख्छन् । संसारका शक्तिशाली र उचाइ प्राप्त गरेका व्यक्तिहरूलाई केले फरक बनायो, कसरी सफलताको शिखरमा पुगे लगायतका पक्ष यो किताबमा भेट्न सकिन्छ ।

१२ ”The E-Myth Revisited: Why Most Small Businesses Don’t Work and what to do about it”

माइकल ई गेरबरद्वारा लिखिति यो किताब साना तथा मझौला व्यवसायीलाई उपयुक्त खालको छ । यो किताबले व्यवसायको सुरुवाती चरणमा रहेका र सुरु गर्ने योजनामा रहेकालाई उत्कृष्ट ज्ञान दिन्छ । जसले आफ्नै व्यवसाय सुरु गर्न चाहनेहरुलाई एउटा खुड्किलो नै पार गराउँछ भन्दा पनि हुन्छ ।

११ ”Good to Great: why some companies make the leap.. and others don’t”

जेम्स सी कोलिन्सद्वारा लिखित यो किताबको मुख्य थिम नै व्यवसायीक खालको छ । यो किताबमा कम्पनीहरू कसरी र के कारणले ठूला र शक्तिशाली बन्छन् भन्ने तथ्य राखिएको छ । यो किताब लेख्नुअघि लेखकले बजारमा २१ जना अनुसन्धानकर्ता खटाएका थिए । जसले शक्तिशाली कम्पनीहरूको राज खोतल्न सघाउ पुर्‍याए ।

१० ”The tipping point: how little things can make a big difference”

माल्कोम ग्लाडवेलद्वारा लेखिएको यो किताबमा उत्कृष्ट रेटिङ आएको छ । यो व्यवसायीक योजनामा रहेका पाठकको मन पर्दो किताबकारुपमा चर्चित छ । किताब पढेपछि पाठकलाई व्यवसाय सुरु गर्नका लागि चाहिने उत्तर उपाय र ज्ञान दिने उल्लेख छ।

९ ”Rework”

जेसन फाइड र डेभिड हेइनेमर ह्यानसनद्वारा लिखित यो किताब सन् २०२३ मा पढ्न लायक व्यवसायीक ज्ञान पाउने उत्कृष्ट ९ भित्र परेको छ । यो अन्य प्रकारका व्यवसायीक योजना पाउन सक्ने किताबको तुलनामा भिन्न छ । यसमा परम्परागत शैलीमा व्यवसाय चलाएर सफलता पाएकाहरूको उदाहरण समेत पाउन सकिन्छ । जसमा स्मार्ट तरिकाले काम गर्ने र मुख्य चुनौतीहरूलाई केन्द्रमा राख्न सिकाउँछ ।

८ ”Rich dad, poor dad”

रोबर्ट कियोसाकाईद्वारा लिखित यो किताबको नाम नसुन्नेको सङ्ख्या ज्यादै न्यून छ । किनकि, यो किताबले विश्वभर उत्कृष्ट ख्याति कमाइसकेको छ । अनलाईनस्टोहरुमा ६ डलर हाराहारीमा पाइने यो किताबका लेखक नै मिलिनियर व्यवसायी हुन् । जसले आफ्नो जिन्दगीको बाल्यकालमा समेटेको अनुभवलाई राखेका छन् र धनी बन्ने व्यक्तिहरूको गुण केलाएका छन् ।

७ ”The hard thing about hard things: building a business when there are no easy answers”

बेन होरविट्जले लेखेको यो किताब पढ्नै पर्नेहरूको सूचीमा राख्दा हुन्छ । किनकि आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना रहेका व्यवसायीक सोच भएका व्यक्तीलाई यो किताबले उत्कृष्ट ज्ञान दिन्छ । यसमा कठिनभन्दा कठिन समयमा सोच्ने तरिका र सबै समय प्रतिकुल भए पनि व्यवसाय गर्न सकिन्छ भन्ने ज्ञान दिन्छ ।

६ ”The 7 habits of highly effective people: powerful lessons in personal change”

यसमा सफल बन्ने व्यक्तिहरूमा कस्ता गुण हुनुपर्छ र बानी ब्यहोरा कस्ता हुनुपर्छ भन्ने ज्ञान पाउन सकिन्छ । स्टेफेन आर. कोभेद्वारा लिखित यो किताबमा व्यवसायी बन्न चाहिने ७ गुणका बारेमा उल्लेख गरिएको छ । जसलाई सफलताका ७ सूत्र समेत भन्न सकिन्छ । यसबाहेक यो किताबले हौसा दिनुका साथै व्यवहारिक बन्ने तारिका र आफ्नो लक्ष्य तय गर्न र भेट्टाउनका लागि गर्नुपर्ने मिहिनेतबारे उल्लेख छन् ।

५ ”Start with why: how great leaders inspire everyone to take action”

साइमन सिनेकद्वारा लेखिएको यो किताबमा नेतृत्वमा पुगेका व्यक्तिको गुण र हौसला बढाउने क्षमताका बारेमा वर्णन गरिएको छ । यो एउटा हौसला प्रदान गर्ने खालको किताब हो । जसले नेतृत्वमा पुगेकाहरूले सोच्ने तरिका, व्यवसाय असफल भएमा निस्कने तरिका, उनीहरूको विचारका बारेमा उल्लेख छ ।

४ ”The 4-hour workweek”

टिमोथी फेरिसले लेखेको यो किताब सन् २०२३ मा आएका रिभ्यूबाट उत्कृष्ट ४ मा पर्न सफल भएको छ । प्रिन्सिटन युनिभर्सिटिमा दिइएको लेक्चरको सिरिज समेटिएको यो किताब व्यवसायीक जीवनलाई कसरी सहजीकरण गर्ने लगायतका उपाय समेटिएको छ ।

३ ”How to win friends and influence people”

डेल कार्नेजिले लेखेको यो किताब सबै व्यक्तिहरूलाई आफ्नो प्रभावमा पार्नुअघि आफ्नै साथीभाइको मन जित्नुपर्ने विषय उल्लेख छ । मनोवैज्ञानिक खालको यो किताबमा नेतृत्वदायी भूमिकामा बसेकाहरूले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरिएको छ । आफ्नो सोच्ने तरिकाबाट व्यक्तिहरूलाई जित्न र आफूलाई घृणा गर्ने व्यक्तिको नजरमा र आफ्नो पक्षमा ल्याउनका लागि यो किताब महत्त्वपूर्ण रहेको बिजनेस इन्साइडरले लेखेको छ ।

२ ”The lean startup: how today’s entrepreneurs use continuous innovation to create radically succesful businesses”

एरिक रायसद्वारा लिखित यो किताब व्यवसायीहरूलाई सफल व्यवसाय सञ्चालनको ज्ञान दिन्छ । डाईनामिक भिजनसहितको व्यवसाय सञ्चालन गरेर परिक्षण, विश्लेषण, निरन्तरता र ‘एडप्सन’ तथा क्लियर भिजन र लक्ष्य छुटाउन सहयोगी भूमिका खेल्छ।

१ ”Zero to One: Notes on startups, or hot to build the future”

सन् २०२३ मा तयार पारिएको पढ्न लायक उत्कृष्ट १५ किताबहरूको सूचीको शीर्ष स्थानमा यो किताब परेको छ । पिटर थियलको लेखन रहेको यो किताबमा शून्यबाट एकसम्मको यात्रा कसरी लिने भन्ने विषयमा जोड छ । पिटर थियल एक अर्बपति लगानीकर्ता/व्यवसायी हुन् । उनी पेपलका सह–संस्थापक समेत हुन् । उनले आफ्नो किताबमार्फत पाठकलाई उत्कृष्ट अवसर पत्ता लगाउन र अवसरलाई सदुपयोग गर्दै अघि बढ्न प्रेरित गर्ने गरी किताब लेखेका छन् ।