काठमाडौं – हरेक मानिस सफल हुन पर्याप्त मेहनेत र लगनशीलता चाहिन्छ । भनिन्छ नि मेहनतविना सफलता प्राप्त गर्र्नै सकिँदैन । तर, निरन्तर मेहनेत गरेपछि सफलता प्राप्त गर्न सोचेजति कठिन पनि हुँदैन । अत्याधिक मेहनेतको बलमा सफलताको स्वाद चाख्ने सिमित व्यक्तीहरुमध्ये बम बहादुर मिश्र पनि एक हुन् ।
उनले ५ हजार रुपैयाँ पारिश्रमिकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । यतिबेला उनी सबैं बैंकहरुको पनि बैंक अर्थात नेपाल राष्ट्र बैंकको उच्च पदमा पुगेका छन्, डेपुटी गर्भनरकारुपमा । पाँचथर जन्मथलो भएका मिश्रको परिवार बसाई सरेर झापा झरेको छ । कुनै समय डाक्टर बन्ने दौडमा रहेका मिश्र नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरका रुपमा कार्यरत छन् ।
तर, डाक्टर बन्न गरेको अनेक प्रयत्न सफल नबनेपछि राजधानी छिरेर विभिन्न आरोह–अवरोध पार गर्दै मिश्र बैंकिङ्ग क्षेत्रमा उच्च पदसम्म पुगे । गाउँबाट शहर पस्दा खल्तीमा ५० रुपैयाँ बोकेको सम्झछन् मिश्र । आफ्नो आर्थिक अभाव समाधान गर्ने लक्ष्यसहित केही समय पत्रिका बाँड्ने काम समेत सम्हालेका उनले शिक्षकको अनुभव समेत बटुलेका छन् ।
शिक्षक पेसा छाडेर नबिल बैंकबाट बैंकिङ्ग करियरमा छिरेका उनको पहिलो पारिश्रमिक ५ हजार रुपैयाँ थियो । त्यसयता उनी एनआईसी (हालको) बैंक हुँदै नेपाल राष्ट्र बैंक छिरे । २०५९ साल साउन २७ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेका मिश्र हाल डेपुटी गभर्नर पदमा कार्यरत छन् । उनै मिश्रसँग बैंकिङ्ग समाचारले दसैं योजनाबारे गरेको कुराकानी यसप्रकार छ ः–
म सँधै दसैं मनाउन घर जान्छु । यो वर्ष पनि घर (झापा) जान्छु । घरमा बुढो बुबा हुनुहुन्छ । बुबा आधा काठमाडौं र आधा झापा बस्नुहुन्छ । दसैं मनाउन घरमै गइन्छ र बुबासँग पर्याप्त समय विताइन्छ । दसैंमा गाउँघरका साथिभाईसँग कुराकानी गरिन्छ र उनीहरुको कुराकानी सुनिन्छ ।
यसबाहेकचाँही घरवरपरका व्यवसायी दसैंमा म घर जाँदा आफ्नो कथाव्यथा सुनाउन आउँछन् । उनीहरुको कुराकानी सुन्छु । कुराकानीका क्रममा नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण परेको अफ्ठ्यारो सुनिन्छ र नीति गलत रहेछ भने सच्याउने अवसर मिल्छ । विगतमा पनि धेरै पटक यस्तै भएको छ ।
सायन नीति बनाउने ठाउँमा पुगेपछि व्यवसायीको गुणासो सही पनि हुन सक्छ । जे होस् नीति बनाउनेक्रममा मलाई सहज हुन्छ । व्यवसायीसँगको कुराकानीबाहेक शिक्षक पेसामा र वैदेशिक रोजगारीमा छन् । उनीहरुमध्ये धेरैजसो दसैंमा घर आउँछन् र भेटघाट हुन्छ । जसले पुराना याद दिलाउँछ ।
व्यवसायी र साथिभाईको भेटघाटसाथै दसैं आफ्ना र आफ्न्तसँग समय व्यतित गर्ने समयकारुपमा सदुपयोग हुन्छ । हाम्रोपरिवार धेरै ठूलो छ । बुबाआमाका धेरै सन्ता छन् । सबै आफन्त एकैठाउँमा जम्मा हुँदा ४० जनाभन्दा पनि बढी हुइन्छ । यी सबैजनासँग एकैपटक भेटघाट हुन्छ ।
दसैंमा सबैजना तास लगायतका विभिन्न खेलमा रमाउँछन् । तर, मलाई तास खेल्नै आउँदैन । खेल्न आए रमाईलोका लागि खेल्न पनि हुन्थ्यो । तर, आउँदैन । नआएपनि अरुले खेलेको ठाउँमा पुगिएछ भने हेरिन्छ । झापातिर ताससँगै विंगो, कौडा लगायतका खेल समेत हुन्छन् । मलाई ती खेल पनि आउँदैन । दसैंमा तास लगायतका खेलमा धेरै खर्च गर्ने नेपालीको प्रचलन छ । यसो गर्न हुँदैन । दसैंमा धेरै अनावश्यक खर्च गर्ने नै होइन ।
प्रतिक्रिया