साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार

साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ । अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पु¥याएको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८र७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ । विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।

आव २०७७र७८ मा आर्थिक वृद्धिदर ४।३ प्रतिशत भएको थियो भने आव २०७६र७७ मा माइनस २.४ प्रतिशत बराबरको आर्थिक वृद्धि भएको थियो । सरकारले चालु आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले वृद्धिदरका विभिन्न आयाम प्रस्तुत गरेको छ । त्यसमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत रहनेछ । यस्तै आधारभूत मूल्यमा ५.४९ प्रतिशत र कूल उत्पादन आधारभूत मूल्यमा भने ७३ खर्ब ५६ अर्ब ६१ करोड बराबर रहेको छ । यस्तै कूल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा रु ३२ खर्ब ५१ अर्ब ६ करोड बराबर छ ।

चालु मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन आधार मूल्यमा ४१ खर्ब पाँच अर्ब ५४ करोड बराबर रहँदा चालु मूल्यअनुसार कूल ग्रार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड बराबर पुगेको छ । विभागका अनुसार चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण १४ खर्ब २५ अर्ब आठ करोड बराबर छ । चालु मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब एक अर्ब ६७ करोड बराबर छ । चालु मूल्यमा वस्तु तथा सेवा निर्यात तीन अर्ब २० अर्ब ७१ करोड बराबर छ ।

यस्तै वस्तु तथा सेवा आयात १८ खर्ब २० अर्ब ८२ करोड, चालु मूल्यमा कूल राष्ट्रिय बचत कूल गार्हस्थ्य उतपादनको ३१.९५ प्रतिशत बराबर छ । कूल ग्रर्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ । नौ खर्ब ६१ अर्ब सात करोड बराबरको विप्रेषण चालु आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ । प्रतिव्यक्ति कूल गार्हस्थ्य उतपादन एक लाख ६४ हजार ५९८ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३७२ बराबर हो । त्यस्तै प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन एक लाख ६५ हजार ६४९ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३८१ बराबर हो ।

विगत ६० वर्षदेखि लगातार राष्ट्रिय लेखामान सार्वजनिक गर्दै आएको विभागले सन् २०११ लाई आधार वर्षका रूपमा मान्यता दिएको छ । हरेक तीन आवको विवरणलाई प्रस्तुत गर्दै चालु आवको छदेखि नौ महिनाको विवरणका आधारमा विवरण सार्वजनिक गरेको हो ।

यस्तै विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले चालु आवमा कूल आयात कूल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिए । यस्तै निर्यात भने तीन खर्ब २० अर्ब बराबर पुग्ने देखिएको छ ।