डीआईजी कार्कीको शब्द रचनामा ‘दशैं रमाइलो’ बोलको गीत सार्वजनिक हुँदै

डीआईजी कार्कीको शब्द रचनामा ‘दशैं रमाइलो’ बोलको गीत सार्वजनिक हुँदै


काठमाडौं  –  नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीको शब्द रचनामा  ‘दशैं रमाइलो’ बोलको गीत सार्वजनिक हुने भएको छ ।  भोलि शुक्रबार अपरान्ह चार बजे  ‘आरटी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सो गीत सार्वजनिक हुने भएको हो ।

संगीतकार दीपक शर्माले संगीत भरेका गीतमा चर्चित गायक राजेश पायल राई,मेलिना राईको स्वर रहेको छ । गीतमा लोकप्रिय कलाकार दिपाश्री निरौला, प्रीयंका कार्की, सरोज ओली लगायतको अभिनय रहेको छ ।

डीआईजी कार्कीको शब्द रचनामा केही समय अगाडि नेपाली प्रहरीको सम्बन्धमा रहेको ‘फूलको बासना सरी’ गीत सार्वजनिक भएको थियो।