६६ बर्ष पुरा गरी ६७ बर्षमा लाग्यो राष्ट्र बैंक

६६ बर्ष पुरा गरी ६७ बर्षमा लाग्यो राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज बैंशाख १४ अर्थात, नेपाल राष्ट्र बैंकको स्थापना भएको आज ६६ बर्ष पुरा भएको छ । नेपालमा वि.स.२०१३ सालमा आजकै दिनमा राष्ट्र बैंकको स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकको स्थापना भएपछि पहिलो पटक राजा महेन्द्रको शासनकालमा वि.स २०१६ सालमा मोरु १, मोरु ५, मोरु १० र मोरु १०० छपाई गरिएको थियो, जसमा राष्ट्रका पहिलो गर्भनर हिमालय शमशेर राणाको हस्ताक्षर रहेको छ । 
राष्ट्र बैंकले स्थापना दिवसको दिन विशेष कार्यक्रम गरि स्थापना दिवस मनाएको छ ।