दुई महिनामा निर्जीवन लघुबीमाको व्यवसाय ११ करोड रुपैयाँमाथि

दुई महिनामा निर्जीवन लघुबीमाको व्यवसाय ११ करोड रुपैयाँमाथि



काठमाडौं – निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को दुई महिनाको अवधीमा कुल ११ करोड ३ लाख रुपौयाँको बीमा ब्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् ।
यो २ महिनामा सबैभन्दा बढी व्यापार गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १२ हजार १८४ बीमालेख बिक्री गरेर ३ करोड १२ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ९ हजार ४३० बीमालेख बिक्री गरेर २ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी भदौसम्म ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ हजार ३०५ बीमालेख बिक्री गरेर २ करोड ५८ लाख रुपैयाँ र स्टार माइक्रोले ११ हजार ५२७ बीमालेख बिक्री गरेर २ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।