सर्वसाधारणको नजरमा बीमा : सबै कम्पनीलाई गलत भन्न मिल्दैन

सर्वसाधारणको नजरमा बीमा : सबै कम्पनीलाई गलत भन्न मिल्दैन


काठमाडौं – आपत्कालीन स्थितिमा आर्थिक सुरक्षा गर्ने औजारकारुपमा बीमालाई लिइन्छ । यसबाहेक भविष्य र जोखिमका लागि लगानी तथा आउने समस्याबाट पर्ने आर्थिक भार न्यूनीकरण गर्ने बीमाको मुख्य लक्ष्य हुन्छ ।

बीमाको सचेतना बढ्दै जाँदा सर्वसाधारणमा पहुँच बढ्दै जानुपर्नेमा उल्टो गतिमा रहेको तथ्यांकले देखाएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बीमाको पहुँच ओरालो गतिमा देखिएको हो ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा बीमाको पहुँच विस्तार १.११ प्रतिशतले खुम्चिएको छ । आर्थिक वर्ष २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४.३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आर्थिक वर्ष २०८०/८१ मा उक्त पहुँचमा सङ्कुचन आउँदै कूल जनसङ्ख्याको ४३.२७ प्रतिशतमा सीमित भएको छ ।

जबकी, सरकारको लक्ष्य बीमाको पहुँच ५० प्रतिशत जनसङ्ख्याको दायरामा पुर्‍याउने रहेको छ । यही र यस्तै विषयमा बैकिङ्ग समाचारले साप्ताहिक रूपमा बीमाप्रतिाको सर्वसाधारणको धारणा लिदैँ आएको छ । यही र यस्तै विषयमा बैकिङ्ग समाचारले साप्ताहिक रूपमा बिमाप्रतिको सर्वसाधारणको धारणा लिँदै आएको छ । यस क्रममा आजको शृङ्खलामा  पनि हामीले आमसर्वसाधरणलाई बीमा कम्पनीलाई कसरी बुझ्नुहुन्छ ? सोधका छौँ ।  बीमा कम्पनीलाई लिएर आमसर्वसाधरणले दुई धारमा बाँडिएर जवाफ दिएका छन् । एक पक्षले  बीमा कम्पनीलाई गलत भनेका छन् त केहीले सबै बीमा कम्पनीलाई गलत भन्न नमिल्ने बताएका छन् ।

यस्तो छ बीमाप्रति सर्वसाधारणको बुझाइ
उर्मिला देवकोटा : मैले बीमा सुनेको छु । तर, गरेको छैन । बीमा गर्दा भविष्यलाई सहज हुन्छ भनिन्छ । हामी जस्तो साधारण घरपरिवारले वर्तमान कसरी परिवार पाल्नु भन्ने हुन्छ । बीमालाई दिने प्रिमियम नै हुँदैन भने कसरी गर्नु बीमा । आर्थिक स्थितिले गर्दा बीमा गरेको छैन । तर, बीमा गर्नुपर्छ भन्ने जानकारी छ । बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने कुरामा सबै कम्पनीहरू फ्रर्ड पनि हुँदैनन् । मेरो अनुभव त छैन तर सबै बीमा कम्पनीहरू गलत छैनन् होला जस्तो लाग्छ । सबै कम्पनीहरूलाई गलत भन्न मिल्दैन । मैले बैंकमा बचत गरेको छु । आवश्यक परेको बेला झिक्न र प्रयोग गर्न मिल्छ ।

सुरेश: मैले बीमा गरेको छैन । समाजको हरेक व्यक्तिले आफ्नो तरिकाले मूल्याकंन गर्ने हो । परिस्थिति अनुसार नै निर्णय लिने हो । मेरो नजरमा बीमाको विषयलाई फरक तरिकाले सोचेको छु । त्यसैले गरेको पनि छैन । समाजको एउटा वर्गले थोरै कमाउँछ र भविष्यका लागि बचन गर्ने सोच बनाउँछ । अर्को वर्गले आम्दानीबाट बचत र खर्चको योजना बनाउँछ । आफूसँग भएको रकमलाई विभिन्न तरिकाले लगानी गर्नुपर्छ भन्ने मलाई जानकारी छ । यताबीमा कम्पनीहरूले पैसा लिन्छन् । तर दाबी परेको बेला पैसा फिर्ता गर्दैनन् भन्ने सुनिन्छ । कुनैपनि कम्पनीहरूले सर्वसाधारणबाट पैसा लिने, फाइदा कमाउने र सर्वसाधारणलाई नै फिर्ता गर्ने नै त हो । कम्पनीले लगानी गरेका क्षेत्र नै सुरक्षित भएन भने जनताको पैसा फिर्ता गर्न सकेनन् । त्यसैले सबै कम्पनीले जानी जानी  फ्रर्ड गरेको भन्न मिल्दैन ।


सन्जय रावलः मैले नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेको छु । बीमा एकदमै आवश्यक छ । म नै भइन् भने पनि मेरो परिवारले बीमाको रकम पाउँछ । यसले परिवार केही हदसम्म आर्थिकरुपमा सुरक्षित हुन्छ । आवश्यक्ताअनुसार प्रयोग वा झिक्न बैङ्कमा नै बचत गर्नु राम्रो हो । लामो समयका लागि चाँही बीमा ठिक हो । बालबालिकालाई सानैबाट बीमाको विषयमा बुझाउनु अभिभावकको कर्तव्य हो ।


प्रतिज्ञाकुमारी चौधरी : मैले बीमाको विषयमा धेरै गहनरुपमा जाने/सुनेको छैन् र किताबको पाठ्यक्रममा समावेश पनि छैन् । धेर थोर सुनेको पनि विवादित विषय मात्रै सुनिन्छ । यस्ता विषयले बीमा कम्पनीले दाबी भुक्तानी दिँदैनन् भन्ने सोचको विकास हामिमा पलाएको छ ।