गत बर्षको भन्दा २८.४७ प्रतिशतले बढ्यो व्यापार घाटाः भन्सार विभाग

गत बर्षको भन्दा २८.४७ प्रतिशतले बढ्यो व्यापार घाटाः भन्सार विभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको ९ महिनामा मुलुकको ब्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म मुलुकको ब्यापार घाटा १३ खर्ब ६ अर्ब नाघेको हो । यो ब्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो । यहीं अनुपातमा ब्यापार घाटा बढेमा यस आर्थिक वर्ष १८ खर्ब नाघ्नेछ । 

साउनदेखि चैत मसान्तसम्म नेपालले कुल १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । जबकि गत वर्षको यसै अवधिमा जम्मा ११ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो । समीक्षा अवधिमा आयात ३ खर्ब ५५ अर्बले बढी हो । आयात एक वर्षको समीक्षा अवधिमा करिब ३२ प्रतिशतले बढेको छ । बैंकहरुले गाडी, सुन लगायत विलासी वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्ने कार्य बन्द गरेपनि तथ्यांकमा त्यसको प्रभावकारिता अझै देखिएको छैन । त्यस्तै साउनदेखि चैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ । गत वर्ष यस अवधिमा ९४ अर्ब रुपैयाँको सामान निर्यात भएको थियो ।