निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलन सुरु हुँदै, १६ देश सहभागी हुने

निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलन सुरु हुँदै, १६ देश सहभागी हुने


काठमाडौं– शुक्रबार अर्थात आजदेखि राजधानीमा एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन (एसिक कन्फरेन्स) सुरु हुने भएको छ । सो सम्मेलनमा एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरु उपस्थित हुने भएका छन् । ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो ।

शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं वार्षिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नेछन् । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन चल्नेछ ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायहरूको आ-आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुनेछ भनेर कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनले बताए । सम्मेलनको छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।