तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा भारत, सारथी बन्दै निजी क्षेत्र

तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा भारत, सारथी बन्दै निजी क्षेत्र

प्रतिवर्ष ६.७ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गरे २०३० मा तेस्रो ठूलो अर्थतन्त्र


काठमाडौं – सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण ‘एस&पी ग्लोबल’ले गरेको छ । प्रतिवर्ष सरदर ६.७ प्रतिशतले आर्थिक वृद्धिदर हाँसिल गरे सन् २०३० मा भारत विश्वको तेस्रो ठूलो बन्ने प्रक्षेपण ग्लोबलले गरेको हो ।

आज सार्वजनिक प्रतिवेदनअनुसार भारतले सन् २०२४ मा ८.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नेछ । साथै, पछिल्लो समय व्यवसाय गर्ने वातावरण बदल्दै छ र ‘लोजिस्टिक’ समेत सुधारिँदै छ । जसले निजी क्षेत्रको लगानी प्रोत्साहन गरिरहेको छ ।

निजी क्षेत्रको लगानी तीव्ररुपमा बढ्दा अर्थतन्त्रमा सरकारी–सार्वजनिक लगानीमाथिको घट्न थालेको छ । ‘इक्वीटि मार्केट परिवर्तन भइरहेको छ र प्रतिस्पर्धी भइरहेको छ,’ प्रतिवेदनमा लेखिएको छ । यस्तै पछिल्लो समय भारत सरकारको बण्ड्समा विदेशी लगानी बढ्दोक्रममा छ ।

पूर्वाधार विकासमा जोड दिएसँगै भारतको व्यापार सहजीकरण उकालो यात्रामा छ । तर, यसमा थप लगानीको जोखिम भने छ । भारतको कूल वैदेशिक व्यापारको ९० प्रतिशत समुन्द्री बन्दरगाहमार्फत हुन्छ । सोहीकारण, अत्याधुनिक र ठूलो परिणामको व्यापार धान्न सक्ने बन्दरगाह निर्माणमा धेरै रकम खन्याउन आवश्यक छ ।

यस्तै, भारतलाई विश्वको ठूलो अर्थतन्त्र बन्नका लागि आन्तरिक बजारमा बढ्दो ऊर्जाको माग र खपतले चूनौती दिन सक्छ । किनकी, भारत विश्वको ठूलो जनसंख्या भएको मुलुक हो र वर्षेनी ऊर्जाको माग र खपत बढ्दो स्थितीमा छ । यद्यपी, यो क्षेत्रमा भारतले ठूलो लगानी बढाउँदै छ ।

ऊर्जाको आवश्यक्तालाई ध्यानमा राख्दै भारतले जलविद्युत र नविकरणीय ऊर्जा (सोलार र हावाबाट बिजुली निर्माण)मा जोड दिँदै छ । यसले भारतको ऊर्जा सुरक्षालाई मजबुत बनाइरहेकाे छ । यसबाहेक भारतले कृषि र औद्योगिक क्षेत्रको उत्पादकत्व वृद्धिमा समेत ध्यान बढाउनुपर्ने हुन्छ ।

चूनौतीकारुपमा रहेका यीनै ऊर्जा, कृषि, उद्योग र पूर्वाधार क्षेत्रमा भारतको निजी अत्याधिक लगानी खन्याइरहेको छ । अडानी र अम्बानी समूहले यी क्षेत्रमा लगानी बढाइरहेको छ । निजी क्षेत्रबाट बढ्दो अवस्थामा रहेको लगानीका कारण उच्च आर्थिक वृद्धि हासिल गर्दै छ र सन् २०३० मा तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा भारत छ ।