स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ


जनकपुरधाम – सिरहामा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका २ खोक्सिटोल बस्ने ४८ वर्षीय ललित दास रहेको जिल्ला प्रहरी कार्यालय, (जिप्रका) सिरहाले जनाएको छ।

बुधबार बिहान करिब साढे ९ बजेको समयमा बरियारपट्टी १ गोरगम्मा बोर्डर स्थित भारतबाट नेपाल तर्फ स्रोत नखुलेको रकमसहित आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले स १० प ९८५३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा दासले कम्मरमा बाँधेको गम्छाबाट १६ लाख रुपैयाँ बरामद भएको जिप्रका सिरहाले जनाएकाे छ ।

१ हजारको दरको १ हजार थान नोट गरी १० लाख र पाँच सयको १ हजार २ सय थान गरी ६ लाख रकम बरामद गरिएको प्रहरीले जानकारी दिएकाे छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।